सिवाईसीको सहकारी पुराण : कर्जा नतिर्नेको कल्याण हुँदैन

आदर्श सञ्चार, बागलुङ
सहकारीप्रतिको नकरात्मक भ्रम चिर्न यहाँको सिवाईसी सहकारीले सहकारी पुराणको आयोजना गरी सदस्यलाई जागरुक बनाएको छ ।

ऋण लगेकाले नतिर्ने र बचतकर्ताले विश्वास नगर्ने भएपछि बागलुङको सिवाईसीले पुराण लगायरै सचेत बनाएको छ ।
सदस्यलाई जागरण बनाउन सकेमा मात्रै सहकारीको भविश्य राम्रो रहेको भन्दै सहकारीले सदस्यमैत्री भएर काम गरिरहेको सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्माले जानकारी दिनुभयो ।

सदस्य जागरण गर्न र ऋणीहरुलाई ऋण तिर्न प्रेरित गर्न सहकारी पुराण लगाइएको उहाँको भनाई छ । “ऋण लगेर नतिर्दा सामाजिक रुपमा बहिस्कारमा त परिन्छनै, ऋण नतिर्नेलाई धार्मिक रुपमा समेत पाप लाग्ने, कल्याण नहुँने र नर्कमा जाने कुरा पुराण लगाएर पण्डितको मुखारबिन्दुबाटै सुनाइएको छ” शर्माले भन्नुभयो “सहकारीको ऋण नतिर्नेलाई कालोसूचिमा राख्ने प्रावधानले सहकारी अभियानलाई खुसी तुल्याएको छ, सदस्यमैत्री सेवा दिएमा हल्लाका भरमा सहकारी डुब्दैनन्, सहकारी सहकारी जस्तै हुन आवश्यक छन्, साहुकारीले राम्रा सहकारीको बद्नाम बनाएर, सदस्यलाई भ्रमबाट मुक्त गर्न सदस्य जागरण अभियान चलाएका छौं ।”

सहकारी पुराण कार्यक्रममा प्रवचन दिँदै यतिराज आश्रम सहश्रधारा पर्वतका पिठाधिश्वर स्वामी नारायणाचार्यले ऋण लिएर नतिर्नेको कल्याण हुने बताउनुभयो । उहाँले ऋण नतिर्दा हुन सक्ने मानसिक र सामाजिक क्षतिको विषयमा समेत जानकारी लिन सदस्यलाई आग्रह गर्नुभयो । कार्यक्रममा उहाँले कसैको रकम फिर्त गर्ने सर्तमा लिइन्छ भने सर्त अनुसार फिर्त गर्नुपर्ने बताउनुभयो ।

सहकारी पुराणमा प्रवचनसंगै भजन कृतन समेत प्रस्तुत गरिएको छ । सहकारीको विषय समेटिएको भजनमा समेत सदस्यलाई केन्द्रमा राखेर सेवा दिदा समस्या नुहँुँने बताइएको थियो ।

यो पनि पढ्नुहोस्