ट्राफिक प्रहरी तथा कर्मचारीको स्वास्थ्य परीक्षण

आदर्श सञ्चार, बागलुङ
बागलुङमा ट्राफिक प्रहरी तथा कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला ट्राफिक कार्यालय बागलुङको आयोजना तथा धौलागिरी प्रादेशिक अस्पतालको सहयोगमा स्वास्थ्य परीक्षण गरिएको हो ।

ट्राफिक प्रहरी तथा कर्मचारी गरि २९ जनाको स्वास्थ्य परीक्षण गरिएको ट्राफिक प्रमुख गंगाराम विकले जानकारी दिनुभयो । उनीहरुको प्रेस, मधुमेह लगायत नसर्ने रोग सम्बन्धी स्वास्थ्य परीक्षण गरिएको उहाँको भनाइ छ ।

यसभन्दा अगाडि बागलुङको बाटो भएर लामो दूरीमा सञ्चालित सवारी साधान चालककोसमेत स्वास्थ्य परीक्षण गरिएको थियो । जिल्ला सदरमुकामसहित अन्य क्षेत्रमा रहेका ट्राफिक प्रहरीको समेत स्वास्थ्य परीक्षण गरेको विक बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – ‘ट्राफिक प्रहरी स्वस्थ रनिरोगी नभएसम्म जोस जाँगरका साथ काग गर्न सक्दैनन्, हामीहरुले सवारी चालकको त समय–समयमा स्वास्थ्य परीक्षण गर्ने गरेका थियौँ, यसपाली ट्राफिक प्रहरीको नै ग¥यौँ, त्यस्तो जटिकल खालको समस्या कसैमा पनि देखिएन ।’

यो पनि पढ्नुहोस्