‘सालीनानी’ सार्वजनिक

आदर्श सञ्चार, बागलुङ

काैडा गीत ‘सालीनानी’ सार्वजनिक भएकाे छ ।  फ्रान्सको पेरिसमा  छायाङ्कन गरिएको उक्त गीत सञ्जय थापामगर युट्युव च्यानलमार्फत सार्वजनिक भएकाे हाे ।

सञ्जय थापा मगरको शब्द संगीत रहेकाे गीतमा उनै थापा र गायक नविन परियारले स्वर भरेका छन् । गीतकाे एरेन्ज डोलराज बारघरे गरेका छन् । आभाष आचार्य निर्देशनमा बनाइएकाे गीतकाे भिडियाेमा जेनी गुरुङ, केन्जल अधिकारी, सुजता मगर, सगुन गुरुङ, सविना कौशल, दिपा पुन लगायतले अभिनय गरेका छन् ।

प्रदेशमा भएर पनि नेपालको संस्कार र संस्कृतिलाई प्रवर्द्धन,सम्वर्द्धन गर्ने हेतुले पहिलो पटक मौलिक कौडा गीत सार्वजनीक गरिएको गायक थापामगरले बताउनुभयो ।

भिडियाे 

यो पनि पढ्नुहोस्