बागलुङमै मनोरोगको उपचार

खेमराज गौतम, बागलुङ

बागलुङमै मनोरोगको उपचार थालेपछि बिरामीलाई सहज भएको छ । बागलुङको धौलागिरि प्रादेशिक अस्पतालमा आठ महिनादेखि ठप्प मनोरोगको उपचार सुरु भएको छ । मनोचिकित्सकको अभावमा मनोरोग विभागको सेवा आठ महिनादेखि प्रभावित भएकोमा एक हप्तादेखि मनोरोग विशेषज्ञ डा. गीता सुवेदीले सेवा दिन थाल्नुभएको धौलागिरि अस्पतालले जनाएको छ ।

चार वर्षदेखि सक्रिय मनोरोग विभाग आठ महिना यता ठप्प जस्तै बनेको थियो । पछिल्लो समय मनोरोगका बिरामी बढ्दो क्रममा रहेको र फलस्वरुप आत्महत्याको दर बढ्न थालेको पाइएपछि अस्पताल व्यवस्थापन समितिबाटै मनोरोग चिकित्सक व्यवस्थापन गरिएको प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा. किरण तिवारीले जानकारी दिनुभयो ।

मनोरोगको समयमै उपचार नहुँदा आत्महत्या बढ्दै जानेभएकाले अस्पताललेनै मनोरोग विभागलाई सक्रिय बनाएको छ । यस अघि छात्रावृत्ति करारमा मनोरोग चिकित्सिक व्यवस्थापन गरिए पनि अस्पतलामा आउने मनोरोगीको उपचारमा समस्या भएपछि आन्तरिक स्रोतबाटै चिकित्सक राखिएको छ ।

केबी राना मगर अस्पताल व्यवस्थापन समितिको अध्यक्ष रहँदा मनोरोग विभाग खडा गरी मनोरोगको उपचार तथा मनोपरामर्श दिइदैँ आइएको थियो । मनोरोगको उपचार थालेपछि पोखरा र काडमाण्डौ जानु पर्ने झन्झट टर्ने गरेको छ ।

“पछिल्लो समय मनोरोग बढ्दै गएको छ, मानसिक तनावमा धेरै बिरामीहरु आउनुहुन्छ, तर चिकित्सक नहुँदा मरामर्शदाताले मात्रै समस्या भयो, तत्कालको छात्रावृत्ति करारमा चिकित्सक नआएपछि समितिलेनै चिकित्सकको व्यस्थापन ग¥यो” प्रमुख डा. तिवारीले भन्नुभयो “ मानसिक तनाव, महत्वकांक्षी तथा मोबाइलको बढ्दो प्रयोगका कारण पछिल्लो समय मनोरोगका बिरामीको संख्या ह्वात्तै बढेको छ, मनोरोगको सहि उपचार भएमा पुरानै अवस्थामा बिरामी फर्कन सकिन्छ ।”

अस्पतालले विशिष्टकृत सेवाका रुपमा दिइरहेको मनोरोग विभागमा अहिले एक जना मनोपरामर्शदाता समेत रहदै आउनुभएको धौलागिरि अस्पतालमा मेडिकल रेकर्डर नवराज शर्माले जानकारी दिनुभयो ।

गरिबी, सामाजिक, सांस्कृतिक लैङिग विभेद, विलासी आवश्यकता, वैदेशिक रोजगारीको प्रभाव, सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी, पढाईको दबाव, दुव्र्यसन, एक्लोपन, अभिभावकले छोराछोरीलाई सही ढंगले रेखदेख नगर्दा, मानसिक तनाव, महत्वकांक्षी तथा मोबाइलको बढ्दो प्रयोगका कारण पछिल्लो समय मनोरोगका बिरामीको संख्या ह्वात्तै बढेको बागलुङ जिल्लाको तथ्याङ्कले देखाउछ । मनोरोगको परिणाम आत्महत्यासम्म पुग्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

अस्पतालमा मनोचिकित्सकको दरबन्दी नभएकाले करारमा चिकित्सक राखिएको हो । उहाँले मनोचिकित्सकको दरबन्दी कायम गर्न स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशमा समन्वय गरिरहेको बताउनुभयो । आठ महिनादेखि चिकित्सक नहुँदा औषधी दिनु पर्ने मनोरोगी, एन्जाइटी लगायतरा बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

पछिल्लो तीन वर्षयता बागलुङ नगरपालिकामा मात्रै ५० जनाले आत्महत्या गरेको पाइएको छ । धनी र गरिबी बिचको बढ्दो खाडल, विभेद, बेरोजगारी, सामाजिक सञ्जालको दुरुपयोग लगायतका कारण एकोहोरोपना बढ्ने, डिप्रेशनमा जाने, अन्तत मनोरोगी भएर आत्महत्याको बाटो रोज्न थालेका छन् । बागलुङ जिल्लामा एक वर्षमै ६० जनाले आत्महत्या गरेको तथ्याङ्क रहेको छ । यो तथ्याङ्क हालसम्मकै उच्च रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

 

यो पनि पढ्नुहोस्