करेन्ट लागेर एक जनाको मृत्यु

आदर्श सञ्चार, बागलुङ
बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बागलुङ नगरपालिका–४ ढोडेनीका १७ वर्षीय शिव थापा मगरको शुक्रबार साँझ साढे ४ बजे करेन्ट लागेर मृत्यु भएको हो ।

बारीमा साँघ काट्ने क्रममा रुखको हाँगाले ३३ हजार केभी प्रसारण लाइनको नाङ्गो तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते हुनु भएका थापाको धौलागिरी अस्पताल ल्याइएको थियो । अस्पताल ल्याएको केही समयमै डाक्टरले मृत घोषणा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

थापाको शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखिएको उहाँको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको यादव बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “आज दिउसो घर नजिकैको बारीमा रहेको काब्रोको घाँस काट्ने क्रममा हाँगाले रुख नजिकै रहेको ३३ हजार केभी प्रसारण लाइनको नाङ्गो तारमा छुँदा उहाँलाई करेन्ट लागेछ, करेन्ट लागेपछि उहाँ गम्भीर हुनु भएछ, त्यसपछि आफन्तले प्रहरीलाई खबर गर्नुभएको थियो, अस्पतालमा ल्याएको केही समयमै मृत्यु भयो ।”

यो पनि पढ्नुहोस्