बागलुङमा दिगो विकास र वातावरण सम्बन्धी तालिम

आदर्श सञ्चार, बागलुङ
बागलुङमा त्रिदिवसीय दिगो विकास र वातावरण सम्बन्धी तालिम सुरु भएको छ । पत्रकार महासंघ बागलुङको आयोजना र बागलुङ नगरपालिकाको आर्थिक सहयोगमा तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमालमा हिउँ हराउँदै गएको बताउनुभयो । अव्यवस्थित विकासका कारण वातावरणमा असर परेको भन्दै यसप्रति सबै निकाय जिम्मेवार हुनु पर्ने उहाँको भनाइ छ ।

प्रमुख श्रेष्ठले पत्रकारिता क्षेत्रले नागरिकलाई सुसूचित बनाउनुका साथै राज्यलाई खबरदारी गर्ने काम गर्दै आएका बताउनुभयो । पत्रकारले राज्यका सकरात्मक पक्षको प्रचार र नकरात्मक विषयलाई खबरदारी गरि राख्नु पर्ने बताउनुभयो । बागलुङ नगरपालिकाले पत्रकार महासंघसँग सहकार्य गरेर पालिकाले गरेका हरक गतिबिधि जनता सामु पु¥याउने उहाँको भनाइ छ ।

May be an image of 4 people, people studying, chess and table

तालिममा बागलुङ जिल्लाभर रहेका क्रियाशील पत्रकारहरुको सहभागिता रहेको छ । तालिममाको वरिष्ठ पत्रकार मोहन मैनालीले सहजीकरण गर्नु भएको छ । कार्यक्रममा बागलुङ नगरपालिका उप–प्रमुख राजु खड्का, प्रमुख प्रशिक्षक मोहन मैनाली, नेपाल पत्रकार महासंघ बागलुङका पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य रञ्जिता शर्माले बोल्नुभयो ।

कार्यक्रम पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापाको अध्यक्षता उपाध्यक्ष सुवास आचार्यको स्वागत र सह–सचिव डम्मर बुढाको सञ्चालनमा उद्घाटन सत्रको कार्यक्रम सम्पन्न भएको थियो । तालिम वैशाख ७ गतेसम्म संचालन हुनेछ ।

यो पनि पढ्नुहोस्