मन कुमारी केसी, बागलुङ
बागलुङ हस्तकला संघ बागलुङको आयोजनामा वैशाख ७ गतेदेखि सुरु भएको क्रिष्टलको लेडिज ह्याण्ड ब्याग बनाउने तालिम सम्पन्न भएको छ ।
७ दिनसम्म सञ्चालन भएको तालिमको सोमबार समापन गर्दै संस्थापक अध्यक्ष प्रेम छोटाले तालिममा सिकेको सीपलाई जीवन उपयोगी बनाउन आग्रह गर्नु भएको थियो ।
समापन कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष लक्ष्मण केसी (सनी), संस्थापक अध्यक्ष इन्द्र श्रेष्ठ, विद्यामिन्दर माध्यामिक विद्यालय बागलुङका प्रधानध्यापक छविरमण रेग्मी, सल्लाहकार इश्वर मलेपति आजिवन सदस्य चन्द्र कुमारी श्रेष्ठ र प्रशिक्षक एलिना गौतमले बोल्नु भएको थियो ।
तालिममा १५ जनाको सहभागिता रहेको थियो । समापन समारोह बागलुङ हस्तकला संघ बागलुङका अध्यक्ष पुष्प किरण श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष ज्योती श्रेष्ठको स्वागत तथा महासचिव सम्झना भण्डारी श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।