बागलुङका एसपी ऋषिराम कँडेलको सरुवा, तिलक भारती आउने

आदर्श अनलाइन, बागलुङ

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेलको सरुवा भएको छ । कँडेलको सुदूरुपश्चिम प्रदेश प्रहरी कार्यालय मानव श्रोत व्यवस्थापन महाशाखा धनगढी कैलालीमा सुरुवा भएको छ ।

बागलुङमा नयाँ प्रमुखको रुपमा तिलक भारती आउनुहुने भएको छ ।कर्णाली प्रदेश प्रहरी कार्यालय मानव श्रोत व्यवस्थापन शाखा सुर्खेतमा रहनु भएका भारतीको जिल्ला प्रहरी कार्यालय बागलुङमा सरुवा भएको हो ।

प्रहरी प्रधान कार्यालयले सोमबार ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो ।

यो पनि पढ्नुहोस्