कोरोना विरुद्धको अभियानमा पश्चिम नेपाल साकोसद्वारा म्याग्दीका ६ पालिकालाई १ लाख सहयोग

आदर्श अनलाईन, बागलुङ
पश्चिम नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड मंगला गाउँपालिका म्याग्दीले कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारको अभियानमा १ लाख रुपैया सहयोग गरेको छ ।

म्याग्दी जिल्लामा रहेका ६ वटै पालिकामा मुख्य कार्यालय र सेवा केन्द्रम मार्फत सदस्यहरु र समुदायलाई सेवा दिदै आएको संस्थाले सबै पालिकाले सञ्चालन गरेको विपद व्यवस्थापन कोषमा रकम सहयोग गरेको हो ।

संस्थाले मुख्य कार्यालय रहेको मालिका गाउँपालिका र २ वटा सेवा केन्द्र रहेको बेनी नगरपालिका २०/२० हजार तथा धौलागिरि, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको कोषमा १५÷१५ हजार रुपैया सहयोग गरेको छ ।

मुलुकमा देखिएको विपद व्यवस्थापनमा सहयोग गर्नु सहकारीको सिद्धान्त अनुसारको काम भएकाले सबै पालिकालाई सहयोग गरिएको र आगामी दिनमा पनि स्थानीय तहहरुसंगको सहकार्यमा काम गर्ने पश्चिम नेपाल साकोसका अध्यक्ष सुरेन्द्र पौडेलले बताउनुभयो ।

म्याग्दी जिल्ला कार्यक्षेत्र भएको संस्थाको मुख्य कार्यालय मालिका गाउँपालिकाको सदरमुकाम दरवाङ बजारमा छ, संस्थाले बेनी नगरपालिकाको बेनी बजार र तातोपानी, धौलागिरि गाउँपालिकाको ताकम, मंगला गाउँपालिकाको बाबियाचौर, रघुगंगा गाउँपालिकाको भगवती र अन्नपूर्ण गाउँपालिकामा एक एक वटा सेवाकेन्द्र मार्फत सदस्यहरुलाई सेवा दिदै आएको छ ।

२ हजार ८ सय शेयर सदस्य, १० करोड शेयर रकम, ४७ करोड वचत, ४४ करोड कर्जा लगानी रहेको संस्थामा ३५ जनाले रोजगारी पाएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *