बागलुङमा लकडाउन नमान्ने ४० जना छुटे, ५ जना फेरी पक्राउ

डम्मर बुढा मगर, बागलुङ

लकडाउन उल्लङ्घन गर्ने ४० जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले सामान्य कारबाही गरेर घर फिर्ता पठाएको छ ।

उनीहरुलाई अति आवश्यक काम बाहेक घर बाहिर हिडडुल नगर्न र सरकारले लगाएको लकडाउनलाई पालना गर्न भन्दै छोडेको जिल्ला प्रहकारी कार्यालय बागलुङका प्रवक्ता हेम केसीले जानकारी दिनुभयो । ‘पहिलो पटक हामीले सुझाव र सामान्य कारवाही गरेर छोडेका छौँ,’ उहाँले भन्नुभयो ‘अब यसरी हेलचक्राई गर्नेलाई कडा कारवाही गर्ने छौँ ।’

प्रहरीले पुन: ५ जनालाई पक्राउ गरेको छ । बागलुङ बजारको सबै चोकचोकमा प्रहरीहरु परिचालन गरेर लकडाउनको पालना नगर्नेलाई पक्राउ गर्न थालिएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *