गलकोटमा लक डाउन प्रभावकारी बनाउन स्थानीयको सक्रियता

थम्मन थापा, गलकोट

बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नं ७ मा लकडाउन प्रभावकारी रुपमा कार्यन्वयन गराउन जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख, लक डाउन समन्वय समितिले सकृयता बढाएका छन ।

वडा भित्र कोरोना भाईरस कोभिड १९ को संक्रमण बाट जोगिन के के गर्नुपर्छ भन्ने विषयमा समेत जनचेतना फैलाउन उनीहरु टोल टोलमा समय समयमा अनुगमनको लागि पुग्ने गरेका छन । वडा सरकारले ३ पटक माईकिङ गरेको छ ।

सर्वपक्षिय बैठक पछि वडा भित्र अत्यावश्यक कामका लागि भित्रिने र बाहिरिने खाद्यान्न, बिरामी र दुर्घटना, घटना, गर्भवती र सुत्केरी महिला बाहेकलाई पुर्ण रुपमा रोक लगाईएको गलकोट नगरपालिका ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो ।

सामुहिक रुपमा भिडभाड गर्ने, हिडडुल गर्ने, भेला हुने लगायतका कार्यहरुमा पनि पुर्ण रुपमा रोक लगाईएपछि अहिले वडामा लक डाउनको पालना सबैले गर्न थालेको वडा अध्यक्ष थापाले बताउनु भयो । वडा भित्रका सडक सार्वजनिक स्थलहरु, होटल, पसल, मठ मन्दिरहरु अहिले सुनसान जस्तै छन । यद्यपी खेतबारीमा काम गर्ने कृषकहरुलाई सामाजिक दुरी कायम गरि माक्स तथा रुमाल प्रयोग गरि काम गर्ने वातावरण तय गरिएको लक डाउन अनुमन समितिका सदस्य तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष दल बहादुर थापाले जानकारी दिनुभयो । समन्वय समितिले वडा भित्र कहाँ के भईरहेको छ भनेर समय समयमा अपडेट गरिरहेका छन स्थानिय कल्वहरुले पनि यो अभियानमा सकृयता पुर्वक आफनो भूमिका निर्वाह गरिरहेका छन ।

बागलुङ जिल्ला कोरोना भाईरसको उच्च जोखिममा परे सँगै वडा भित्रका सरोकारवालाहरुले आफनो सकृयता बढाएको वडा सदस्य लोकबहादुर थापाले जानकारी दिनुभयो । लक डाउनको उल्लङघनका एकाद जानकारीहरु प्राप्त भएको र जिल्लामा पनि लक डाउनलाई आज देखि थप कडाई गर्ने निर्णय सँगै वडा भित्र थप कडाई गरिने वडा कार्यालयले जनाएको छ । २०१९ को डिसेम्वर अन्तिम साता चीनको वुहानबाट फैलिएको कोभिड १९ कोरोना भाईरस अहिले विश्वभर महामारीको रुपमा फैलिरहेको छ ।

नोभल कोरोना भाईरस कोभिड १९ को कारण नेपाल सरकारले चैत १० गते देखि देशलाई पुर्ण रुपमा लकडाउन गरेको छ । लक डाउनलाई कडाईका साथ पालना गर्न र गराउन अहिले संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार अहोरात्र खटिएका छन । देशैभर जनप्रत्निधी, प्रहरी प्रशासन, स्वास्थ्यकर्मी, सरोकारवालाहरु कोरोना भाईरसको संक्रमण फैलिन नदिन सकृयताका साथ लागेका छन । नेपालमा कोरोना भाईरसको संक्रमण हाल सम्म ९ जनामा देखा परिसकेको छ । अवस्था दिनहुँ थप भयावह बन्दै गईरहेको हुँदा सबैलाई थप सावधानी, सतर्क अपनाउँदै सरसफाईमा उचित ध्यान दिन सबैमा गलकोट नगरपालिका वडा नं ७ लक डाउन समन्वय समितिले अपिल समेत गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *