कोरोना भाइरस परीक्षण सम्बन्धी सर्वाधिक चासोका ८ सवाल जवाफ

आदर्श अनलाइन,पोखरा

१. नोवल केरोना भाइरसको परीक्षण कुन ठाँउमा गरिन्छ ?
यो भाइरसको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिन्छ। अहिले प्रादेशिक स्तरमा पनि शुरु गरिएको छ ।

२. शंकास्पदका लागि जनस्वास्थ्य प्रयोगशालामा नमुना संकलन गर्ने व्यवस्था छ कि छैन ?
शंकास्पद बिरामीलाई आइसोलेसनमा राख्नुपर्ने भएकाले नमुना सम्बन्धित अस्पतालले संकलन गरेर मात्र जनस्वास्थ्य प्रयोगशालामा पठाउनु पर्ने छ। शंकास्पद व्यक्ति सिधै जनस्वास्थ्य प्रयोगशालामा जान मिल्दैन।

३. संकलन गरिएको नमुना कुन विधि अपनाई जनस्वास्थ्य प्रयोगशालामा पठाउन सकिन्छ ?
भाइरल ट्रान्सपोर्ट मिडिया ९भिटिएम०मा संकलन गरिएको नमुनालाई ट्रिपल प्याक गरि कोल्ड चेन मेन्टेन ९२ देखि ८ डिग्री सेल्सियस० गरेर जनस्वास्थ्य प्रयोगशालामा पठाउनु पर्नेछ।

४. नोवल कोरोना भाइरस परीक्षण गर्नका लागि कति पैसा लाग्छ ?
हाललाई यो परीक्षण जनस्वास्थ्य प्रयोगशालामा निशुल्क गरिनछ।

५. के यो नोवल कोरोना भाइरस परीक्षण सबैले गराउन पाउँछ ?
डाक्टरको परामर्शपछि मात्र यो परीक्षण गराउन सकिन्छ।

६. कोरोना भाइरस परीक्षणको लागि कुन कुन नमुना संकलन गरिन्छ ?
यस परीक्षणका लागि घाँटीको र्याल, सिँगान आदी नमुना संकलन गरिन्छ।

७. नोवल कोरोना भाइरसको परीक्षणका लागि नमुना संकलन कति बजेसम्म गरिन्छ ?
अस्पतालहरुले भिटिएममा संकलन गरेको नमुनालाई ट्रिपल प्याक गरि कोल्ड चेन मेन्टेन गरेर पठाएको खण्डमा २४ सै घन्टा जनस्वास्थ्य प्रयोगशालामा नमुना संकलन गरिनछ।

८. नोवल कोरोना भाइरसको परीक्षण रिपोर्ट आउन कति समय लाग्छ र कुन ठाँउबाट लिन सकिन्छ ?
यो भाइरसको परीक्षण रिपोर्ट आउन २४ देखि ४८ घन्टाको समय लाग्छ। लिखित रिपोर्ट जनस्वास्थ्य प्रयोगशालाबाट लिन सकिने छ।
-राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *