लकडाउनको अवज्ञा गर्ने गलकोटका ४० जना प्रहरी नियन्त्रणमा

आदर्श अनलाईन, बागलुङ
प्रहरीचौकी हटियाले लकडाउन उल्लङ्घन गर्ने काम बिनानै बजारमा हिँडीरहेका गलकोटका ४० जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी हटियाको टोलिले आइतबार दिउसो नियन्त्रणमा लिएर उनीहरुलाई शिवालयमा राखेको प्रहरी चौकी हटियाका प्रमुख अनुप केसि क्षेत्रीले जानकारी दिनुभयो ।

प्रहरीले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको थियो । बिना काम हटिया बजारमा समुह बनाएर हिँडिरहेकालाई नियन्त्रणमा क्षेत्रीको भनाई छ ।

नियन्त्रणमा लिईएका ४० जनालाई आधा घण्टा शिवालय मन्दिर परिसरमा राखेर छाडेको बताईएको छ । प्रहरीले बिना काम बजार डुलेका ३३ पुरुष र ७ महिलाई पक्राउ गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *