कोरोना संक्रमित २ लाख ६१ हजार जना उपचारपछि घर फर्किए

आदर्श अनलाईन, बागलुङ
विश्वभर महामारीमा रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वनै आतंकित भएको छ ।

भाइरसले हालसम्म ६९ हजार ४ सय १८ जनाले ज्यान गुमाएका छन् ।

भाइरस संक्रमितको संख्या १२ लाख ७२ हजार ७३७ पुगेको छ भने संक्रमित मध्ये २ लाख ६१ हजार ४ सय ८५ जना उपचारगरि घर फर्किएका छन् ।

अहिले ९ लाख ४१ हजार ८ सय ३४ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् ।

उपचारमा रहेका मध्ये ४५ हजार ६१९ को अवस्था गम्भीर छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *