बागलुङमा लकडाउनमा अटेर, आज पनि विहानै ३० जना पक्राउ

डम्मर बुढा मगर, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङले आज पनि लकडाउन उल्लङ्घन गर्ने ३० जनालाई पक्राउ गरेको छ ।

अनावश्यक रुपमा सडकमा हिँडडुल गरेकाहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता हेम केसीले जानकारी दिनुभयो ।

बिहानै सडकमा लकडाउन उल्लङघन गरि हिँडी रहेका २२ पुरुष र ८ जना महिलालाई पक्राउ गरेको उहाँले बताउनुभयो ।

प्रहरीले उनीहरुलाई बजारको विभिन्न चोक र सडकबाट पक्राउ गरेको हो । अति आवश्यक काम बाहेक बाहिर नजान प्रहरीले आग्रह गरे पनि बाजरबासीहरुले अटेर गरेको पाइएको छ ।

अति आवश्यक सामान पनि प्रहरीले घरमै ल्याउन भनि सार्वजनिक सूचना गरेको छ । दिन प्रतिदिन कोरोना भाइरस संक्रमणको जोखिम बढ्न थालेपछि बागलुङमा लकडाउन कडाई पारिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *