के हो र्‍यापिड टेस्ट ? यसरी गरिनेछ धौलागिरी अस्पतालमा परीक्षण

सरकारले कोरोना भाइरसको संक्रमित देखिएका तीन जिल्लामा र्‍यापिड  टेस्ट गर्ने निर्णय सार्वजनिक ग¥यो । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले बागलुङ, कैलाली र कञ्चनपुर र्‍यापिड टेस्ट गर्ने निर्णय गरेको सरकारले जनाएको छ । र्‍यापिड टेस्टमा पोजेटिभ देखिएमा पुनः पिसिआर परीक्षण गरिने छ । यसका लागि मन्त्रालयले केही प्राविधिक टोली आज पठाउने बताइसकेको छ ।

के हो त
र्‍यापिड टेस्ट ? यो टेस्ट कसरी गरिन्छ ? धौलागिरी अञ्चल अस्पताल बागलुङमा गरिने परीक्षणको बिधि, व्यवस्थापन र तयारी के कस्तो छ ? अस्पतालका ल्याब प्रमुख सुरज बरालसँग आदर्श अनलाइनकर्मी साधना पन्तले गरेको कुराकानीको सम्पादित अशंः

र्‍यापिड टेस्ट भनेको तुरुन्तै हुने परीक्षण हो । यो परीक्षण बिरामी भएकै स्थानमा गएर पनि गर्न सकिन्छ । र्‍यापिड  टेस्टबाट परीक्षण गरिएको २०,२५ मिनेटमै रिपोर्ट प्राप्त गर्न सकिन्छ ।
– सरकारले बागलुङमा र्‍यापिड टेस्ट गर्ने निर्णय गरेको अस्पतालमा जानकारी पठाई सकेको छ । अस्पतालको जनशक्तिको बारेमा पनि छलफल भएको छ ।
– बागलुङमा देखिएको संक्रमितहरूको वरपर रहेकाको पनि परीक्षण गरिने मन्त्रालयले बताएको छ । बागलुङमा दुई जना कोरोना संक्रमित छन् । उनीहरू दुबै जना गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएका थिए ।
– अहिले सम्म बिरामीको घरमै गएर परीक्षण गर्ने या स्याम्पल संकलन गरेर अस्पतालमा ल्याई परीक्षण गर्ने भन्ने विषयमा अहिले सम्म परिपत्र आएको छैन । तर गाउँ गाउँमा गएर, घर घरमा गएर गर्न जनशक्तिको हिसबाले पनि गाह्रो हुन्छ । अस्पतालबाटै टेस्ट हुन्छ होला ।
– अरु रोगको परीक्षणमा पनि र्‍यापिड टेस्ट हुन्छ । कोरोना संक्रमणको परीक्षण हामीहरुले पहिलो पटक गर्ने हो, र्‍यापिड टेस्ट पनि पहिलो नै हो । यसको लागि सुरक्षा संवेदनशिलता प्रमुख कुरा हो ।
– गाउँ गाउँमा गएर परीक्षण गर्ने हो भने सुरक्षाको मात्र होइन । मानवीय स्रोत पनि बढाउनु प¥यो । स्वास्थ्यकर्मी र यो परीक्षणमा जोडिनेहरु सबैको सुरक्षा प्रमुख कुरा हो ।
– यो परीक्षणको लागि ७ जनाको टोली बनाउनु भनेर माथिबाट निर्देशन आएको छ । स्वास्थ्य कार्यालय बागलुङ र अञ्चल अस्पताल मिलेर टोली बनाउने सल्लाह भइसकेको छ ।
– यो परिक्षण कहाँ गर्ने, कसरी गर्ने र कहिलेबाट गर्ने भनेर माथिबाट परिपत्र आयो भने तपाईहरुलाई थप जानकारी गराइनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *