कोरोना संक्रमित बिरामीको उद्धार गर्न स्वास्थ्यकर्मी र गाडी चालकलाई अभ्यास

आदर्श अनलाई, बागलुङ
बागलुङ नगरपालिकाले स्वास्थ्यकर्मी, गाडी चालक र नगरप्रहरीलाई स्वास्थ्य सामग्री प्रयोग सम्बन्धी अभ्यास गराएको छ ।

विश्वरभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित बिरामीहरुलाई कसरी उद्धार गरि हस्पिटलसम्म पुर्याउने विषयमा अभ्यास गराइएको बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।

संक्रमित बिरामीलाई उद्धार गर्दा स्वास्थ्यकर्मी जोखिममा पर्ने भएको हुँदा उद्धार गर्दा उनीहरुले पीपीई, ग्लोबस्, माक्स लगायतका सामग्रीहरु कसरी प्रयोग गर्दा सुरक्षित हुन सकिन्छ भन्ने विषयमा अभ्यास गराइएको खनाले बताउनुभयो ।

क्वारेन्टाइनमा रहेकाहरुको हेरचार गर्ने, स्वास्थ्य सहायता कक्षमा बस्ने स्वास्थ्यकर्मीले कसरी सुरक्षित भएर काम गर्ने भन्ने विषयमा समेत अभ्यास गराइएको थियो ।

२३ नम्बर बाइनी अड्डाका डाक्टर राधिका सापकोटाको टोली र बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले उनीहरुलाई अभ्यास गराएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *