प्रधानमन्त्रीको सम्बोधन: अबको दुई साता थप जोखिपूर्ण

आदर्श अनलाइन, काठमाण्डौ

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् ।

मंगलबार देशबासीलाई सम्बोधन गर्दै उनले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताएका हुन् ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताए । ओलीले कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको बताए ।

सरकार, राजनीतिक दल र सबैको संयुक्त कमाण्डका रुपमा सङ्घीय सरकारले सञ्चालन गरेको कोरोना रोकथाम र नियन्त्रण व्यवस्थापन केन्द्र (सीएमसी) ले युद्धस्तर र समन्वयात्मक रुपमा काम गरिरहेको बताए । चर्को गर्मीको परवाह नगरि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु निरन्तर खटिरहेकाेमा उच्च प्रशंसा गर्दै यसमा सबैको सचेततापूर्वक साथ र सहयोगको अपेक्षा व्यक्त गरे । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *