लकडाउन अवज्ञा: आज पनि बागलुङमा दुई दर्जन बढि पक्राउ

आदर्श अनलाइन,बागलुङ

सरकारले कोरोना भाइरस कोभिट १९ लाई लक्षित गरि लगाएको लकडाउन फितलो भएपछि तीन दिन यता कडाई गरिएको छ ।

बागलुङ बजारमा लकडाउन उलंघन गरि खुलेआम हिड्नेलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो ।

सरकारले लकडाउन अबधिभर घर भित्रै सुरक्षित बस्नु भनेर जारी गरेको निर्देशन बागलुङ जिल्लामा पालना नगरी सडकमा छरपस्ट हिड्ने मंगलबार पनि दुई दर्जन भन्दा बढी ब्यक्तिलाई प्रहरीले पक्राउ गरि कोरोना भाइरसले पुर्‍याउने क्षति बारे कलास दिएर छोेडेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले आइतवार ४० जना र सोमवार ३० भन्दा बढिलाई पक्राउ गरेर सम्झाई बुझाई पश्चात छोडेको थियो ।

प्रहरी लकडाउन उल्लघंन गर्ने ब्यक्तिहरूलाई बिहान देखि पक्राउ गरि धौलागिरि बहुमुखी क्याम्पसको प्रागणमा लगेर सम्झाई बुझाई छाड्ने गरिएको छ । घर घरमै सुरक्षित बस्नुपर्ने बेलामा अनावश्यक रूपमा अटेर गरेर घरबाट बाहिर निस्किएकालाई पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *