बागलुङ र्‍यापिड टेष्टः मन्त्रालय भन्छ-टोली पठाइयो,जिल्ला बेखवर

दिल शिरीष, बागलुङ

दुई संक्रमित भेटिए सँगै कोरोना भाइरस (कोभिड १९) को जिल्लामा जोखिम बढेको निष्कर्ष सहित नेपाल सरकारले गरेको तत्काल दुर्त परीक्षण (र्‍यापिड टेष्ट) गर्ने निर्णय कार्यान्वयनमा अन्यौल देखिएको छ ।

स्वास्थ्य मन्त्रालयको आइतवारको पत्रकार सम्मेलनमा प्रवत्ता विकास देवकोटाले ¥यापिड टेष्टका लागि टोली सोही दिन हिँड्ने बताएका थिए । मंगलबारको पत्रकार सम्मेलनमा पनि मन्त्रालयबाट टोली हिडिसकेको बताए । तर, जिल्लाका सरोकारवाला निकाय अझै बेखबर छन् । गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङ र धौलागिरी अञ्चल अस्पताल दुवै अन्यौलमा देखिएका छन् । अहिले सम्म अस्पताल र स्वास्थ्य कार्यालयबाट शंकास्पद व्यक्तिको स्वाब संकलनपछि पठाउने काम मात्र गरिदै आइएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले केहि दिन यता मन्त्रालयबाट टोली हिडिसकेको समाचारमा सुने पनि कुन टोली कहिले आउने भन्ने बारे जानकारी नरहेको बताए । ‘¥यापिड टेष्ट गर्ने निर्णय त भएको जानकारीमा आएको छ,’ कार्यालय प्रमुख गुरौले भने, ‘अरु विस्तृतमा हामीलाई कुनै जानकारी र निर्देशन प्राप्त भएको छैन, हामी पनि अन्यौलमै रुमलिरहेका छौ ।’

मन्त्रालयले बागलुङमा विदेशबाट आएका झण्डै ९ सय र संक्रमण देखिएका दुई जनाका छिमेकी सहित झण्डै एक हजारको परीक्षण गर्नुपर्ने बताएको छ । स्वाबबाट परीक्षण गर्ने बिधि ढिला भएकाले कोरोनाको दुर्त परीक्षण गर्ने निर्णयमा पुगेको हो । स्वाबबाट गर्दा २४ देखि ४८ घण्टा सम्म लाग्नेमा सानो किटबाट गर्न सकिने दुर्त परीक्षणमा १० देखि १५ मिनेटमै उक्त किटले एक जनाको रगत परीक्षण गर्न सकिन्छ । तर उक्त किटबारे गुणस्तरमा विवाद छ । जसका कारण परीक्षण पश्चात मात्रै जिल्लामा ¥यापिड टेष्ट मास्क स्केलमा गर्न सकिने गरी ल्याउने तयारीका कारण ढिलाई भएको हुन सक्ने गुरौले बताए ।

धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बि पोखरेलले पनि कोरोनाले नेपालमा दोस्रो चरण लिइसकेकोले समुदाय तहको परीक्षणका लागि दुर्त परीक्षण अपरिहार्य भए पनि कार्यान्वयनमा ढिलाई भइरहेको बताए । ‘¥यापिड टेष्टको बिषयमा अस्पताललाई कुनै जानकारी छैन, जनस्वास्थ्य मार्फत गरिने भएकाले हामीसँग नभएको हुन सक्छ,’ डा.पोखरेलले भने, ‘म मन्त्रालयमा फ्लो अप गर्ने तयारीमा पनि छु, यसमा कदापी ढिलाई गर्नुहुँदैन ।’
बागलुङमा अहिले दुई जना कोरोना संक्रमित छन् । उनीहरु दुवैको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्