काठेखोला-३ धम्जाद्धारा नाकामा कडाई,अब अनिवार्य क्वारेन्टाइन !

आदर्श अनलाइन, काठेखोला

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जाले वडाका सबै नाकामा कडाई गर्न थालेको छ ।

वडा अध्यक्ष यामबहादुर श्रीसको अध्यक्षतामा मंगलबार बसेको बैठकले वडाका म्याग्दी जोड्ने बेलढुंगा नाका, ताराखोला गाउँपालिका जोड्न धम्जा देउराली नाका, गाउँपालिकाकै वडा नम्बर ४ तंग्राम जोड्न रामचालु नाका र हिल नाका, वडा नम्बर २ भीमापोखरा जोड्न माझकटेरा र द्धार नाकामा बिशेष कडाई गर्ने निर्णय गरेको छ ।

यसका लागि प्रत्येक नाकामा स्वयम्सेवक समिति गठन गरेर परिचालन गरिने वडा सदस्य खुमबहादुर भण्डारीले आदर्श अनलाइनलाई जानकारी दिए । बैठकले लकडाउनका अवधिमा सवारी चलाउने, गाउँमा जुवातास खेल्ने जस्ता अवाञ्छित गतिविधि समेत भएको गुनासो आएकाले तत्काल रोक्न र अटेर गर्नेलाई प्रहरी प्रशासनको सहयोगमा कानुनी दायरामा ल्याउने निर्णय गरिएको उनले बताए ।

अब अन्य वडाहरुबाट कुनै व्यक्तिको प्रवेश भएमा अनिवार्य रुपमा १४ दिन वडाले तयार गरेको क्वारेन्टिनमा राख्ने समेत निर्णय गरिएको अध्यक्ष याम श्रीसले जानकारी दिए । ‘विदेशबाट आएकाहरुलाई बिशेष निगरानीमै होम क्वारेन्टिनमा राखिरहेका छौ,’ अध्यक्ष श्रीसले भने, ‘अब विदेशबाट आउने मात्र होइन, छिमेकी वडाहरुबाट आए पनि हामी वडाले बनाएको क्वारेन्टिनमा राख्छौ, लकडाउनको प्रभावकारी कार्यान्वयनमा लाग्छौ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *