ताराखोला गाउँपालिका र मंगला गाउँपालिकाको सिमाना नाका प्रवेशमा कडाई गरिने

आदर्श अनलाईन
लकडाउनलाई प्रभावकारी बनाउन बागलुङको ताराखोला गाउँपालिका र म्याग्दीको मंगला गाउँपालिकाको सिमानामा जनप्रतिनिधि र सरोकारवालाहरु को बैठक सम्पन्न भएको छ ।

बैठकले दुवै तर्फ पवेश गर्ने नाकामा थप कडाइ गर्ने निर्णय गरेको मंगला गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भुपेन्द्र क्षेत्रीले जानकारी दिनुभयो ।

बैठकले लकडाउनको उलंघन गर्दै बिना अनुमती आवतजावत गरेको पाइएमा ताराखोलाबाट मंगल गाउँपालिकामा प्रवेश गर्नेलाई मंगलाको क्वारेन्टाइनमा र मंगलाबाट ताराखोलामा प्रवेश गरेमा ताराखोलाको क्वारेन्टाइनमा राख्ने निर्णय भएको छ ।

क्वारेन्टाइनमा बस्दाको खर्च सम्बन्धित व्यक्तीले ब्यहोर्नु पर्ने ताराखोला गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष जित बहादुर खत्रीले बताउनुभयो ।

बैठकले सुचित गर्दा पनि अटेर गरि आवतजावत गरेको पाइएमा क्वारेन्टाइनपछि ५ हजार जरिवाना गर्ने निर्णय समेत गरेको छ ।

मंगला गाउँपालिका वडा नम्बर ५ किमचौरदेखि ताराखोला गाउँपलिका वडा नम्बर ४ तारा जोड्ने नाकाबाट पैदलमार्ग हुँदै आवतजावत बढिरहेकाले लक डाउनलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको हो ।

निर्णयलाई कार्यान्वयन गर्न २ वटै गाउँपालिकाका सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानीय समाजसेवी, आमा समूह र क्लवहरुलाई अपिल गरि लकडाउनलाई प्रभाबकारी बनाइने बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *