बागलुङ-म्याग्दी जोड्ने सिमामा कडाई,हिँड्डुल गरे ५ हजार जरिवाना

आदर्श अनलाइन,बागलुङ

बागलुङ जिल्ला र म्याग्दीको जिल्लाको सिमानामा हिड्डुलमा रोक लगाइएको छ ।

कोरोनाको बढ्दो जोखिम र लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि बागलुङको ताराखोला गाउँपालिका र म्याग्दीको मंगला गाउँपालिकाको देउराली सिमानामा दुई वडाको संयुक्त बैठक बसेर दुवै तर्फबाट हिड्डुलमा रोक लगाउने निर्णय गरिएको हो ।

मंगला गाँउपालिका वडा नम्बर ५ र ताराखोला गाउँपालिकाको संयुक्त बैठकले दुई जिल्ला जोड्ने नाका पूर्ण रुपमा बन्द गर्ने र अवज्ञा गर्नेलाई पाँच हजार जरिवाना समेत गर्ने निर्णय गरेको ताराखोलाका सामाजिक अगुवा दिवस खत्रीले बताए ।

मंगलबारदेखि लागु हुने गरि गरिएको निर्णय अनुसार अब जिल्ला जोड्ने सिमानाबाट पैदल या सवारी साधनबाट हिड्डुल गर्न पाइने छैन । यदी निर्णयको बर्खिलाप गरेको पाइए आफ्नै खर्चमा १४ दिन क्वारेन्टिन अथवा ५ हजार रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्ने ताराखोला वडा नम्बर ४ का अध्यक्ष जितबहादुर खत्रीले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *