बरेङमा ८ जनाकाे स्वाब लिइयाे, भाेली पाेखरा पठाइने

आदर्श अनलाईन, बागलुङ
बरेङ गाउँपालिकामा भारतबाट आएका ६ जनासहित २ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

स्वास्थ्य कार्यालय बागलुङको टोलीले बरेङ गाउँपालिका वडा नम्बर ३ नयाँ बजारको जनता प्राथमिक विद्यालयको क्वारेन्टाइन र वडा नम्बर २ को सर्वोदय माविमा रहेको क्वारेन्टाईनमा रहेका मानिसहरुको स्वाब संकलन गरेको हो ।

कैलालीका कोरोनाको संक्रमण युवासँगै नेपाल भारत सिमाको गौरीफन्टा नाका हुँदै आएका ४ जना, अन्य नाकाबाट आएका २ जना र उनीहरुलाई लिन गएका २ जना गरि ८ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो ।

उनीहरुको स्वाब परिक्षणको लागि बुधबार पोखरा पठाइने उहाँको भनाई छ ।

उनीहरुलाई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *