संकटमा सहकारीको सेवा, घर घरमा तरकारी पुर्याउदै भक्तपुर कृषि सहकारी संघ

आदर्श अनलाईन, बागलुङ
लकडाउनका कारण ताजा तरकारी खानबाट वञ्चित भएका भक्तपुरका बासिन्दालाई जिल्ला कृषि सहकारी संघ लिमिटेड भक्तपुरले घरघरमा तरकारी पु¥याउने अभियान सञ्चालन गरेको छ ।

कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण सरकारले लकडाउन घोषणा गरेपछि बजार बन्द भएका कारण समस्यामा परेका स्थानीयलाई कृषि सहकारी संघको सक्रियतामा घरघरमै तरकारी पु¥याउन थालिएको हो । सरकारले लकडाउन घोषण गरेको लगत्तै चैत १४ गतेदेखि यो अभियान संघले सञ्चालन गरेको हो ।

कृषि ज्ञान केन्द्रले विषादी छर्ने बेला लगाउने गरि दिएको रेनकोट पञ्जा, मास्क नै किसानसंग मागेर तरकारी वितरण गर्न शुरु गरिएको संघले जनाएको छ ।

कोरोना संक्रमणको त्रासका कारण व्यापारीहरुले पसल सञ्चालन गर्न सकेका छैनन भने सहकारी संस्थाहरुले पनि विक्री वितरण गर्न सकेका छैनन्, यस्तो अवस्थामा कृषि सहकारी संघले किसानले उत्पादन गरेका तरकारी संकलन र बजारीकरण शुरु गरेको हो । संघले उपभोक्ताहरुलाई ताजा तरकारी घरघरमै पु¥याउने अभियान सञ्चालन गरेर स्थानीयलाई सहयोग पु¥याएको छ ।

भक्तपुरको सीपाडोलमा उत्पादन भएका तरकारी संकलन गरेर उपभोक्ताको घर–घर पुर्याउने काम भइरहेको जिल्ला कृषि सहकारी संघ भक्तपुरका अध्यक्ष सनिस लागेजुले बताउनुभयो । संघले घर घरमा तरकारी पु¥याउनका लागि १० जनाको समूह परिचालन गरेको छ । संकटको समयमा कृषकले उत्पादन गरेको तरकारी बजार पु¥याउन कुनै व्यापारीलाई गुहार गर्नु पर्ने अवस्था छैन, हामी आफैले गर्न सक्छौ भन्ने निष्कर्ष हाम्रो हो, अध्यक्ष लागेजुले भन्नुभयो ।

स्थानीय उत्पादन स्थानीय उपभोग’ भन्ने नाराका साथ स्वस्थकर तरकारी टोल टोलमा सेवा दिने उद्देश्यले सदस्य संस्थाका सदस्यहरुको खेत बारीमा उत्पादित तरकारी संकलन गर्ने र प्याकिङ गरेर उपभोक्ताको घर–घरमा पु¥याउन थालेपछि उत्पादन गर्ने कृषक सदस्यहरु समेत उत्साहित भएका छन् । सहकारी संस्थाका शेयर सदस्य कृषकहरुले उत्पादन गरेका तरकारी संकलन गरी प्याकेट बनाउने र खरिद मूल्यमा ढुवानी जोडेर उपभोक्ताको माग बमोजिम घर घरमा पु¥याउने गरेको संघका सचिव प्रचण्ड प्रधानले बताउनुभयो ।

संघले सञ्चालन गरेको अभियान अन्तर्गत चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधि र स्वयंसेवकसंग समन्वय गरेर टोल टोलमा पु¥याउने तथा एक एक मिटरको दुरीमा रहेका उपभोक्तालाई प्याकिङ गएिको तरकारी विक्री गर्ने गरिएको सञ्चालक कुल बहादुर नेमाफुकी बताउनुहुन्छ ।

सहकारीलाई उत्पादनसंग जोड्नुु पर्छ भन्ने सोंचका साथ किसानको उत्पादन उपभोक्तासम्म सहज तरिकाबाट पु¥याउन संघले सञ्चालन गरेको अभियान प्रभावकारी भएको संघका सल्लाहकार सरिता भट्टराई बताउनुहुन्छ । संघले च्याउ, बोडी, सिमी, प्याज, कागती, गाजर, आलु, धनिया, मुला, मटरकोसा, अण्डा, हरियो खुर्सानी, गोलभेंडा लगायतका तरकारी घर घरमा पु¥याउने गरेको छ ।

भक्तपुर जिल्लामा रहेका कृषि सहकारी संस्थाहरुको छाता संगठनका रुपमा रहेको जिल्ला कृषि सहकारी संघले विगतका कृषि मेला प्रदर्शनी, कृषि व्यवसायको सवलताका लागि अन्तरक्रिया तथा गोष्ठी गर्दै आएको थियो । संघको सातौ वार्षिक साधारणसभाले कृषक सदस्यहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरको संकलन, बजारीकरण र प्रशोधनमा सहयोग पु¥याउने योजना पारित गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *