काठेखोलाको कोरोना रोकथाम कोष,क-कसले कति सहयोग गरे ?

सहकारी दिवसमा आदर्श सञ्चार सहकारीले पालिकाको कोषमा सहयोग दिने क्रममा ।

आदर्श अनलाइन,बागलुङ

जिल्लाको काठेखोला गाउँपालिकाले कोरोना रोकथाम तथा व्यवस्थापन कोष स्थापना गरेको छ ।

गाउँपालिकाले जिल्ला तथा पालिकामा बढ्दो जोखिम, यसको सचेततापूर्वक सामना, व्यवस्थापन र रोकथामका लागि १० लाखको कोष घोषणा गरेको छ ।

बागलुङ जिल्लाका १० स्थानीय तह मध्ये सबै भन्दा बढि काठेखोला गाउँपालिकाले स्थापना गरेको कोषमा अहिले सम्म सबैभन्दा धेरै रकम जम्मा भएको छ । हाल सम्म सार्वजनिक आव्हान पश्चात स्वतस्फुर्त रुपमा ५ लाख २२ हजार रुपैयाँ कोषमा सहयोग प्रदान गर्ने घोषणा भएको छ ।

विश्वव्यापी रुपमै कोरोना संकटका कारण जटिल समस्या देखिएकाले कोरोना र यसका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिम र समस्याको समाधानका लागि कोष स्थापना गरिएको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकले बताए । गाउँपालिकाले काठेखोलावासी (परदेशमा रहेका) सबैलाई कोषमा सहयोग गर्न सार्वजनिक रुपमा आव्हान गरेको छ ।
हाल सम्म क-कसले कति सहयोग गरे त ?
आदर्श संचार सहकारी संस्था ५०,०००
रत्न थापा मगर ५०,०००
महेन्द्र केसी ५०,०००
दिर्घ केसी ५०,०००
ढालेन्द्र केसी ५०,०००
भक्तबहादुर थापा ५०,०००
युवराज थापा थापा ५०,०००
राजु थापा ५०,०००
विवाईसी बागलुङ २५,५००
साना किसान कृषि सहकारी संस्था तंग्राम २०,०००
कृष्णप्रसाद कँडेल र टेकनारायण कँडेल बिहुँ ६१,५००
सप्तरंगी सामाजिक उद्यमी महिला सहकारी संस्था फापरखेत १५,०००
बागलुङ दुग्ध उत्पादक सहकारी संध लिमिटेड -५०,०००/-
हाल सम्म प्राप्त रकम जम्मा रु ५,७२,०००/-

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *