पत्रकार महासंघले स्थानीय तहलाई भन्यो-‘संकटमा मिडियाको प्रयोग र सहयोग दुवै’

आदर्श अनलाइन,बागलुङ

नेपाल पत्रकार महासंघ बागलुङ शाखाले कोरोना संकटका बेला अझ सशक्त भुमिका खेल्न जिल्लाका पत्रकारहरुलाई आग्रह गरेको छ ।

चौतर्फी जोखिमपूर्ण अवस्थामा पनि पत्रकारहरुले अहिले सम्म खेलेको भुमिकाको प्रंशसा गर्दै महासंघले बागलुङ दुई संक्रमितको पुष्टि सँगै देशभरमै जोखिमपूर्ण जिल्लाको रुपमा देखिएकाले अझ बढि संवेदनशिल र जिम्मेवारपूर्ण भुमिका खेल्न आग्रह गरेको हो ।

महासंघका शाखा अध्यक्ष दिल शिरीषले बिहिवार बिज्ञप्ती जारी गर्दै अहिले सामाजिक सञ्जाल फेसबुकका कारण सिंगो पत्रकारिताले दैनिक प्रश्न र बदनामी झेलिरहनु परेकाले पत्रकारिताको सबै भन्दा ठुलो क्षमता अफवाह र भ्रम नियन्त्रण गर्ने क्षमतालाई अधिकतम रुपमा प्रकट गर्ने गरी भुमिका खेल्न जोड दिनुभएको छ ।

हरेक सालको नयाँ बर्ष र बडादशै मोफसलको सञ्चार माध्यमका लागि शुभकामना/बिज्ञापन मार्फत स्रोत संकलन गरेर अरु केहि महिना मिडिया चलाउन सहज अवसरको रुपमा प्रयोग गर्ने प्रचलन रहेकोमा अहिले कोरोना संकटको जटिल अवस्था रहेकाले यस कठिन घडिमा जिल्ला स्थित सबै स्थानीय तहलाई मिडिया परिचालनमा बिशेष बजेट बिनियोजन गर्न आग्रह गरिएको छ । कोरोना संक्रमण रोकथाम, नियन्त्रण सम्बन्धि सचेतनामूलक सन्देश र सूचना प्रकाशन/प्रसारण गर्न महासंघ सँग सहकार्य गर्न स्थानीय सरकारलाई आग्रह समेत गरिएको पत्रकार महासंघका सचिव राम थापा अविरलले जानकाकरी दिनुभयो । साथै सञ्चार माध्यमको यस बर्षको स्थानीय तहमा तिर्नुपर्ने कर छुट सहित पत्रकारहरुलाई बिशेष राहत प्याकेज ल्याउन समेत अनुरोध गरेको छ ।

बिज्ञप्तीको पूर्ण पाठ तल छ:
प्रिय पत्रकार मित्रहरु,
सर्वप्रथम विश्वव्यापी कोरोना संकटको कठिन घडीमा अनेक जोखिम मोलेर पेशागत दायित्व बहन गर्दै जिल्लामा रहेर तपाई र स्थानीय सञ्चार माध्यमले खेलेको भुमिका प्रशंसनीय छ । जस्तोसुकै असहजतामा पनि चुनौतिको सामना गर्ने र जोखिमपूर्ण क्षेत्रको अग्रभागमा रहेर सत्य तथ्य समाचार सम्प्रेषण गर्ने कार्यले पुनः पत्रकारिता समाजको अपरिहार्य र विश्वसनीय अंगको रुपमा रहँदै आएको तथ्य उजागर भएको छ । तपाईहरु सबै प्रति हार्दिक आभार प्रकट गर्दछौ ।

नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको र दुई संक्रमित पुष्टि सँगै बागलुङ उच्च जोखिममा देखिएकाले थप संक्रमण फैलिन नदिन बिशेष भुमिका खेल्नुपर्ने अवस्थामा छौ । अहिलेको घडीमा आफ्नो स्वास्थ्य सुरक्षा पहिलो बिषय हो । आफु सुरक्षित हुँदै समाजका नागरिकलाई सुरक्षित रहन सचेत बनाउने सवालमा स्थानीय सरकार र सरोकारवालालाई थप जिम्मेवार बनाउने, यसक्रममा उपचार, राहतमा हुन सक्ने बाहनाबाजी, ढिलाई, लापरवाही, अनियमिततामा अत्यन्त सुक्ष्म ढंगले रखबारी गर्न समेत सबै पत्रकारहरुलाई अनुरोध गर्दछौ । यस क्रममा आउने हर संकट र समस्यामा महासंघ यहाँहरुको साथ रहने प्रतिवद्धता व्यक्त गर्दछौ ।

अहिलेको कठिन समयमा पनि पत्रकार सञ्चारकर्मी साथीहरु कार्यक्षेत्र र आफ्नो जिम्मेवारीमा प्रतिवद्ध र समर्पित छन् । तर, जिल्ला स्थित कतिपय सञ्चार माध्यमले यो कठिन घडीमा पनि नियमित तलब नदिएको गुनासो रहेकाले तत्काल उपलब्ध गराउन, यदी नियमित छ र लकडाउनमा जटिलता भए थप पेश्की तलबको समेत व्यवस्था गर्न र कार्यक्षेत्रमा आवश्यक पूर्ववत सुरक्षा सचेतताको अनिवार्य व्यवस्था गर्न सञ्चार माध्यम सञ्चालकलाई महासंघ आग्रह गर्दछ ।

यो नयाँ बर्ष २०७७ को सम्मुखमा यस्तो संकट आएको छ कि जुन समय जिल्लाका सञ्चार माध्यमले शुभकामना÷बिज्ञापन मार्फत स्रोत संकलन गरेर अरु केहि महिना मिडिया चलाउन सहज अवसरको रुपमा प्रयोग गर्थे । तर, अहिले नयाँ बर्षमा शुभकामना आदान–प्रदान उत्साहप्रद र शोभनिय नहुने परिस्थिति तथा जोखिमको समयमा पत्रकार सुरक्षा र सञ्चार माध्यमको नियमितता एवम् प्रभावकारिताका लागि तत्काल जिल्ला स्थित सबै स्थानीय तहलाई मिडिया परिचालनमा बिशेष बजेट बिनियोजन गर्न र कोरोना संक्रमण रोकथाम, नियन्त्रण सम्बन्धि सचेतनामूलक सन्देश र सूचना प्रकाशन÷प्रसारण गर्न महासंघ, सहकार्य गर्न स्थानीय सरकारसँग आग्रह गर्दछ । साथै सञ्चार माध्यमको यस बर्षको स्थानीय तहमा तिर्नुपर्ने कर छुट सहित पत्रकारहरुलाई बिशेष राहत प्याकेज ल्याउन समेत अनुरोध गर्दछ ।

अहिले सामाजिक सञ्जाल फेसबुकका कारण सिंगो पत्रकारिताले दैनिक प्रश्न र बदनामी झेलिरहनु परेको छ । पत्रकारिताको सबै भन्दा ठुलो क्षमता अफवाह र भ्रम नियन्त्रण गर्ने क्षमतालाई लिइने गरिन्छ । यसबेला फैलने कुनै पनि अफवाहले कोरोना संक्रमण भन्दा झनै ठूलो भयावह अवस्था सिर्जना गर्न सक्दछ । त्यसैले अफवाह फैलिन नदिन, तथ्यमा आधारित समाचार सामग्री मात्र सम्प्रेषण गर्दै कोरोना बिरुद्धको अभियानमा अभूतपूर्व भुमिका खेल्न पत्रकारहरुलाई पत्रकार महासंघ आग्रह गर्दछ ।

जिल्ला स्थित सबै राजनीतिक दल, सामाजिक संघ संस्था सबैलाई यस बेला अरु सबै स्वार्थ, तिक्तता बिर्सेर, आरोप प्रत्यारोप र लाञ्छनामा नरमाई कोरोना संकटको सामनामा एकतावद्ध भएर लाग्न पत्रकार महासंघ अपिल गर्दछ ।
२६ चैत्र, २०७६

दिल शिरीष
अध्यक्ष
नेपाल पत्रकार महासंघ बागलुङ शाखा

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको अपिल

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *