बागलुङबाट १० जनाको स्वाब परिक्षणको लागि पोखरा पठाइयो

आदर्श अनलाई, बागलुङ
बरेङका ८ जना सहित बागलुङबाट दुई जनाको स्वाब परिक्षण्को लागि पोखरा पठाइएको छ ।

बरेङमा कैलालीका कोरोना संक्रमित युवासँगै नेपाल भारत सिमा नाका गौरीफन्टा हुँदै आएका ४ जना, सुनवल नाकाबाट आएका २ जना, उनीहरुलाई दिन गएका २ जना र बागलुङमा संक्रमित दुई जनाको स्वाब परिक्षण्को लागि पोखरा पठाइएको धौलागिरी अञ्चल अस्पताल बागलुङ निमित्त सुपरीटेन्डेन्ट शैलेन्द्रबी पोखरेलले जानकारी दिनुभयो ।

उनीहरुको पोखरा स्थित पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा स्वाब परिक्षण हुने उहाँको भनाई छ । उनीहरुको स्वाब परिक्षणको परिपोर्ट बिहिबार आउने पोखरेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *