कोरोनाको र्‍यापिड टेष्ट गर्ने टोली बागलुङमा,भोलीदेखि र्‍यापिड टेष्ट

आदर्श अनलाइन,बागलुङ

नेपाल सरकारले जिल्लामा जोखिम बढे पछि कोरोनाको दुर्त परीक्षण र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको चौथो दिन मात्रै स्वास्थ्यकर्मीको टोली बागलुङ आइपुगेको छ ।

मन्त्रालयमा कार्यरत बरिष्ठ ल्याब टेक्नििसयन धनप्रसाद पौडेल नेतृत्वको टोली बुधवार साँझ केहीबेर अघि मात्रै धौलागिरी अञ्चल अस्पताल आएको छ ।

स्वास्थ्य मन्त्रालयको टोली जिल्लामा १ हजार जनाको दुर्त परीक्षण गर्ने किट सहित आएको धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले आदर्श अनलाइनलाई बताए ।

टोलीले बिहिवार परीक्षणबारे ल्याबमा कार्यरत स्वास्थ्यकर्मीलाई केहि जानकारी दिए पश्चात परीक्षण शुरु गर्ने तयारी छ । सरकारले जिल्लामा रहेका दुई संक्रमित, तीनका परिवार, सम्पर्क सम्बन्धमा रहेका र अन्य विदेशबाट आएका शंकास्पद ९ सय बढिको परीक्षण गर्ने गरी शनिवार बागलुङमा र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *