कोरोनाको बागलुङमा आजदेखि दुर्त परीक्षण शुरु

आदर्श अनलाइन,बागलुङ

नेपाल सरकारले जिल्लामा जोखिम बढे पछि कोरोनाको दुर्त परीक्षण र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको पाचौ दिन मात्रै बागलुङमा परीक्षण शुरु भएको छ ।

मन्त्रालयमा कार्यरत बरिष्ठ ल्याब टेक्निसियन धनप्रसाद पौडेल नेतृत्वको टोली बुधवार सदरमुकाम आएको थियो । टोलीले परीक्षणबारे केही जानकारी दिए पछि नमुनाको रुपमा तीन जनाको टेष्ट गरिएको थियो । जसमा तीनै जनाको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताए ।

स्वास्थ्य मन्त्रालयको टोली जिल्लामा १ हजार जनाको दुर्त परीक्षण गर्ने किट सहित आएको हो । नेपाल सरकारले जिल्लामा रहेका दुई संक्रमित, तीनका परिवार, सम्पर्क सम्बन्धमा रहेका र अन्य विदेशबाट आएका शंकास्पद ९ सय बढिको परीक्षण गर्ने गरी शनिवार बागलुङमा र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *