बागलुङका दश वटै पालिकामा यसरी गरिदैछ र्‍यापिड टेष्ट

तस्बिरः धौलागिरी अस्पतालमा ¥यापिड टेष्ट तालिम पश्चात नमुना परीक्षण गर्ने क्रममा ।

दिल शिरीष,बागलुङ

दुई संक्रमित पुष्टि भएसँगै जोखिमयुक्त जिल्लाको सूचीमा रहेको बागलुङमा कोरोनो भाइरस (कोभिड १९) को द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) सुरु भएको छ ।

बिहिवारदेखि शुरु भएको ¥यापिड टेष्टका लागि चार वटा टोली बनाएर जिल्लाका सबै स्थानीय तहमा परिचालन गरिएको छ ।

अबको पाँच दिन (बैशाख १ गते सम्म)मा नेपाल सरकारको तथ्यांकमा उल्लेख शंकास्पद ९ सय बढिको परीक्षण सक्ने गरी योजना बनाइएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गरौले जानकारी दिए । बागलुङ जिल्लाका १० वटै पालिकामा शुक्रबारदेखि परीक्षण थालिने छ । जिल्लाभरमा कोरोना संक्रमितसँग सम्पर्क भएका र विदेशबाट आएकाहरु गरेर ९ सय बढिको र्‍यापिड डाइगोनोस्टिक टेष्ट गरिनेछ ।

परीक्षण गर्नेमा बागलुङ नगरपालिकामा १९२, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामा ७८, बरेङ गाउँपालिकामा ५६, जैमिनी नगरपालिका ८६, निसीखोला गाउँपालिकामा १०३, काठेखोला गाउँपालिकामा ५६,बडिगाड गाउँपालिकामा १६१, गलकोट नगरपालिकामा १२८ र ताराखोला गाउँपालिकामा ३३ जना छन् ।

‘हामीले ल्याबमा काम गर्नेहरुको ४ वटा टोली बनाएका छौ,ल्याब भएका स्थानीय तहका कर्मचारी पनि परिचालित गर्नेछौ,’ कार्यालय प्रमुख गुरौले भने,‘जनशक्ति अभावका कारण पालिका स्तरमा बनाइएको क्वारेन्टाइनमै बोलाएर शंकास्पद व्यक्तिको परीक्षण गरिनेछ ।’ ¥यापिड डाइगोनोस्टिक टेष्टपको रिपोर्ट १५ मिनेटमै किटको प्रयोग गरेर कोरोनाको संक्रमण भए नभएको जानकारी दिइने उनले बताए । ‘यदी रिपोर्ट पोजेटिभ देखिएको अवस्थामा भने पुनः स्वाब समेत संकलन गरिनेछ,’ गुरौले भने, ‘सम्बन्धित व्यक्तिलाई भने क्वारेन्टाइनमै राखिने उपचार र निगरानी गरिनेछ ।’

बागलुङ नगरपालिकामा चैत्र ३० गते सम्म, ढोरपाटन र तमानखोलामा २८ र २९, बरेङ गाउँपालिकामा चैत्र ३० र वैशाख १ गते, जैमिनी नगरपालिकामा चैत्र ३० गते, निसीखोलामा चैत्र २८ र २९ गते, काठेखोलामा चैत्र ३० गते, बडिगाडमा चैत्र २८ र २९ गते, गलकोट नगरपालिकामा चैत्र ३० गते र तारखोला गाउँपालिकामा पनि सोही दिने परीक्षण गरिनेछ ।

स्वास्थ्य मन्त्रालय अन्र्तगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले बिहिवार बागलुङ, पर्वत र म्याग्दीका २५ जना स्वास्थ्य प्राबिधिकलाई प्रयोगात्मक परीक्षण सहित जानकारी गराए पछि ¥यापिड टेष्ट सुरु गरिएको हो । पहिलो परीक्षणका क्रममा तीन जना स्वास्थ्य प्राबिधिकको नमुना जाँच गरिएकोमा तीनै जनाको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले जानकारी दिए ।

नेपाल सरकारले निर्णय गरेको शनिवारको दिननै स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी टोली हिडिसकेको बताए पनि टेष्ट किट लिएर मन्त्रालयको टोली बुधबार साँझ मात्रै बागलुङ आएको थियो । स्वास्थ्य मन्त्रालयले ¥यापिड टेष्टका लागि प्रयोग हुने १ हजार थान आरबिटि किट पठाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *