कोरोना संकट सामनाका लागि रामरेखा सामुदायिक वनद्धारा साढे दुई लाख सहयोग

डम्मर बुढा मगर, बागलुङ
रामरेखा सामुदायिक वन उपभोक्ता समिति बागलुङले गरिब, मजदुरलाई राहत दिने भएको छ ।

समितिले राहत वितरणको निम्ति २ लाख ५० हजार बागलुङ नगरपालिका वडा नम्बर १ लाई दिने भएको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको रोकोना भाइरसका कारण समस्यामा परेका नागरिहरुको उद्धारको निम्ति सहयोग गर्न थालेको समितिका अध्यक्ष कर्णबहादुर बोहोराले जानकारी दिनुभयो ।

वडा मार्फत बजारका गरिब तथा मजुदरलाई राहत वितरण गरिने उहाँको भनाई छ । समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको अध्यक्ष बोहोराले बताउनुभयो ।

‘कोरोनाको प्रभावले गर्दा बजारमा काम गरेर खाने मजदुरहरु यति बेला ठूलो संकटमा परेका छन्,’ उहाँले भन्नुभयो ‘उनीहरुको समस्यामा थोरै राहत दिलाउने हिसाबले हामीले सहयोग गर्ने निर्णय गरेका हौँ ।’

उहाँले बजारमा मजदुरहरुमा भोकमरीको अवस्था सिर्जन हुन सक्ने भन्दै आफूहरुको सहयोगले मजदुरहरुलाई केही दिन छाक टार्न सहज हुने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *