तमान, बडिगाड र बानपाका ९४ जनाको र्‍यापिड टेष्ट

आदर्श अनलाईन, बागलुङ

चैत १ गतेबाट यता बागलुङ भित्रीएका ९४ जनाको शुक्रबार र्‍यापिड टेष्ट गरिएको छ ।

बिहीबारबाट र्‍यापिड टेस्ट गर्न सुरु गरिएको बागलुङमा शुक्रबार बागलुङ नगरपालिकाका २८ जना, बडिगाड गाउँपालिकाको ५९ जना र तमानखोला गाउँपालिकाको ७ जनाको टेष्ट गरिएको धौलागिरी अञ्चल अस्पताल बागलुङका ल्याब टेक्नीसियन सुरज बरालले जानकारी दिनुभयो । परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

र्‍यापिड टेष्ट विधिबाट कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको अवस्थामा भने स्वाब संकलन गरी पुन: परिक्षणका लागि पोखरा अथवा काठमाण्डौं पठाइने धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रमेडिकल सुपरिटेण्डन डाक्टर शैलेन्द्र वि. पोख्रेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *