काठेखोलाको कोरोना रोकथाम कोषमा धम्जाबाट ९२ हजार सहयोग

आदर्श अनलाइन, काठेखोला

बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा व्यवस्थापन कोषमा धम्जाबाट ९२ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।

काठेखोला गाउँपालिका वडा नं ३ को कार्यालय र विपत व्यवस्थापन समिति धम्जाको पहलमा ९२ हजार रुपैयाँ कोषमा सहयोग प्राप्त भएको गाउँपालिकाका कार्यपालिका सदस्य टिकासंगम बिकले जानकारी दिए ।

मुलुक अहिले कठिन अवस्थामा रहेको र गाउँपालिका भित्रका नागरिकको कोरोना जोखिमबाट बचाउन सचेतनात्मक तथा राहतका लागि स्थापना गरिएको कोषमा सामाजिक उत्तरदायित्व र परोपकारी भावनाले सहयोग संकलन गरी कोषमा जम्मा गरिएको काठेखोला गाउँपालिका ३ धम्जाका वडा सदस्य खुम भण्डारीले आदर्श अनलाइनलाई जानकारी दिए ।

क-कसले कति सहयोग गरे ? हेर्नुहोस्
यामबहादुर श्रीस वडा अध्यक्ष रु ५०००
नैनकली खड्का कार्यपालिका सदस्य रु५०००
सुन्तली बिक कार्यपालिका सदस्य रु५०००
खुमबहादुर भण्डारी वडा सदस्य रु५०००
पुर्ण बहादुर थापा वडा सदस्य रु५०००
मनोहरी कंडेल प्राबिधिक सहायक रु५०००
तिनचुले बहुउद्देश्यीय सहकारी संस्था लि। रु.१७,०००
तिनचुले सामुदायिक वन उपभोक्ता समूह रु.१५,०००
थामकोचुली सामुदायिक वन उपभोक्ता समुह रु.१५,०००
प्रगतिशील महिला बहु उ।सहकारी संस्था लि रु.१०,०००
धम्जा कोट मन्दिर ब्यवस्थापन समिति रु.५०००

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *