पर्वतको जलजला गाउँपालिकाले दियो ९ सय गरिबलाई राहत

सविना परियार, पर्वत
पर्वतको जलजला गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण समस्यामा परेका गरिब तथा विपन्न परिवारको समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले राहत वितरण गरेको वडा नम्बर ८ का अध्यक्ष हरि विकास जिसीले जानकारी दिनुभयो ।

गाउँपालिकाले उनीहरुलाई चामल, नुन, तेल लगायतका खाद्यान्न सामग्री वितरण गरेको उहाँले बताउनुभयो । राहत वितरणको लागी उद्योगी, व्यापारी र विदेशबाट समेत सहयोग प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले पालिका भित्रका ९ सय घर परिवारलाई ४ लाख ९० हजार बराबरको राहत वितरण गरेको अध्यक्ष जिसीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *