बरेङमा ३५ जनाको र्‍यापिड टेष्ट, सबैकाे रिपोर्ट नेगेटिभ

आदर्श अनलाई, बागलुङ
बागलुङ दश वटै स्थानीय तहहरुमा कोरोना परीक्षण सुरु गरिएको छ ।

शुक्रबारदेखि सुरु गरिएको बरेङ गाउँपालिकामा आइतबार ३५ जनाको र्‍यापिड टेष्ट गरिएको छ । टेष्ट गरिएका मध्य सबैको रिर्पोट नेगेटिभ आएको छ ।

गाउँपालिकाको वडा नम्बर १ र २ का ३५ जनाको र्‍यापिड टेष्ट गरिएको हो । परीक्षण गरिएकाहरु विभिन्न देशबाट आएका ३२ पुरुष र ३ महिला रहेका छन् ।

वरिष्ठ मेडिकल ल्याव टेक्नोलोजिष्ट सुरज बरालको नेतृत्वमा जिल्ला स्वस्थ्य कार्यलय बागलुङ र धौलागीरी अञ्चल अस्पताल बागलुङबाट पुगेको ५ जनाको टोलीले हुग्दिशिर स्वास्थ्य चौकीमा परिक्षण गरेका थिए ।

चैत्र महिनादेखि यता गाउँपालिकाका भित्रिएकाहरुको परीक्षण गरिएको हो । सोमबार वडा नम्बर ३, ४ र ५ को परिक्षण नयाँबजारमा गरिने गाँउपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *