आरडिटी पोजेटिभ देखिएका महिलासँग को-को थिए तिर्थ यात्रामा ?

दिल शिरीष, बागलुङ

अपडेटः बागलुङमा दुई जना कोरोना संक्रमण पुष्टि भए पछि जिल्ला उच्च जोखिमको सूचीमा छ ।

यसमा आइतवार भारतमा तिर्थ यात्रा गएर फर्किएका काठेखोला ६ की एक ६५ बर्षीया महिलामा द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) आरडिटी टेष्ट गर्ने क्रममा पोजेटिभ देखिए पछि थप सशंकित तुल्याएको छ । यद्यपी, उनीसँग तिर्थ गएका परिवारका अन्य तीन जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

र्‍यापिड टेष्ट रिपोर्टमा पोजेटिभ आए पछि थप परीक्षणका लागि स्वाब संकलन गरेर पोखरा पठाउने तयारी छ । ती तिर्थ गएकी महिला सँग अरु को को गएका थिए त भारत ? अहिले चासो र खोजी हुन थालेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टका अनुसार उनीहरुको परिवार चार जना सहित जिल्लाकै अरु दुई जना, काठमाण्डौका ४, पर्वतको पाङका दुई जना रहेका छन् । उनीहरुलाई सम्पर्कमा लिने र क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको बताए ।

गण्डकी प्रदेशकै पोखराको गएको साता र्‍यापिड टेष्टमा पोजेटिभ देखिएको एक जनाको थप परीक्षणमा नेगेटिभ आएको थियो । यसले तत्काल आत्तिहाल्नु पर्ने अवस्था नभए पनि उच्च सतर्कता भने अपनाउनु पर्ने देखिएको स्वास्थ्यकर्मी बताउँछन् ।

जिल्लामा आइतवार सम्ममा विदेशबाट फर्किएकाहरुको पहिचान गर्दै ८५८ जनाको र्‍यापिड टेस्ट गरिएको छ । उनीहरुमध्ये ८५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।भारतबाट तीर्थयात्रापछि फर्किएकी ती महिला चैत ७ गते माइक्रो बस चढेर बागलुङ गएकी थिइन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *