कोरोनाको आशंका गरिएकी महिलालाई क्वारेन्टिन ल्याउन नमान्ने चालक वर्खास्त

सिर्जना पन्त, बागलुङ ।

द्रुत परीक्षण ( र्‍यापिड डाइगोनोस्टिक टेष्ट) पोजेटिभ देखिएकी महिलालाई क्वारेन्टिन सम्म ल्याउन नमान्ने नेपाल रेडक्रस विहुँ शाखाका एम्बुलेन्स चालकलाई वर्खास्त गरिएको छ ।

बागलुङको काठेखोला गाउँपालिका–६ इनारपानीकी ६५ वर्षीया महिलाको द्रुत परीक्षण ( र्‍यापिड डाइगोनोस्टिक टेष्ट) पोजेटिभ देखिएपछि काठेखोला गाउँपालिकाले कोरोना संक्रमण र संक्रमणको आशंका गरिएका विरामी बोक्न तयार पारेको नेपाल रेडक्रस विहुँ शाखाका चालकले एम्बुलेन्स विग्रीएको भन्दै विरामी बोक्न नसक्ने बताएका थिए ।

काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले विपतमा काम नलाग्ने जुन सुकै कर्मचारीलाई पनि वर्खास्त गर्नुपर्ने भन्दै एम्बुलेन्स चालकलाई आजकै दिनदेखि लागु हुने गरि वार्खास्त गरिएको जानकारी दिनुभयो । ‘एम्बुलेन्स विग्रीएको भए पहिलेनै जानकारी दिनुपर्छ, उहाँले भन्नुभयो एम्बुलेन्स विग्रीएको होइन, विरामी बोक्नुपर्छ भनेर तर्कने प्रयाश गरिएको हो ।’

आइतबार दिउसो द्रुत परीक्षण ( र्‍यापिड डाइगोनोस्टिक टेष्ट) गरिएको भएपनि चालकले एम्बुलेन्स विग्रिएको छ भनेपछि रातको ९ः३० बजेसम्म महिलालाई क्वोन्टिनमा ल्याउन सकिएको छैन ।

यसअघि कोरोना संक्रमण पुष्टी भएका युवती र वृद्ध महिलालाई अस्पताल सम्म ल्याउन समस्या आएपछि जिल्लाका एम्बुलेन्स चालकलाई तालिम दिईएको भएपनि अन्तिम समयमा चालकको कारणले समस्या देखिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी नवराज भट्टले जानकरी दिनुभयो ।

‘महिलामा कोरोना संक्रमण भएकै हो भन्ने अहिले सम्म पुष्टी भएको छैन’, भट्टले भन्नुभयो ‘उहाँको स्वाब परिक्षण बाँकी नै छ, तर क्वारेन्टिनमा ल्याउन सरोकारवाला गम्भिर देखिनुभएन ।’

चालकलाई दोष देखाएर सरोकारवाला पन्छिने प्रयाश गर्नुहुन्छ एसपी भट्नले भन्नुभयो यो पटक महिलालाई लिन हाम्रो टिम आफै जादैछौ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *