‘सालको पात’ पछि वसन्तले ल्याए बहुप्रतिक्षित ‘बोकेझार’

आदर्श अनलाइन
बागलुङ

लोकप्रिय सर्जक वसन्त थापा नेपाली मौलिक गीत संगीतका ब्राण्ड हुन् । यो कोर्रा दाबी होइन, थापाले सिर्जना गरेका ‘सालको पात टपरी’ को चार करोड बढीले हेरेर किर्तिमान बनाएको गीत काफी छ । यति मात्रै थापाको संगीतमा तयार भएका जुनसुकै गीतमा पनि मौलिकताको फरक सुगन्ध छ । जहाँ नेपालीपन, नेपाली मन भेट्न सकिन्छ ।

हालै मात्र नेपाली चलचित्र छ माया छपक्कैमा समेत संगीत भरेर नयाँ स्वाद पस्केका थापाले नयाँ बहुप्रतिक्षित गीत ‘बोकेझार’ बुधवार विहान सार्वजनिक गरेका छन् । बहुप्रतिभाशाली सर्जक प्रल्हाद सुवेदीको शव्द तया सर्जक, संगीतकार थापा र बिष्णु माझीको आवाजमा रहेको गीतले अधिक श्रोता दर्शकको मन जित्न सफल हुने अपेक्षा गरिएको छ । ‘यो गीत धेरै मेहनत, सोचबाट तयार गरिएको छ’ गायक संगीतकार थापाले भने, ‘अरु गीतहरुलाई जस्तै यस सिर्जनालाई पनि माया गरिदिनु हुनेछ भन्ने बिश्वास छ ।

गीतका साधारण लाग्ने शव्दले मनमा चस्स छुन्छ । भर्खरका बालबालिकादेखी बुढापाकाहरुले पनि सजिलै बुझ्न र जनजिब्रोमा झुण्डिन सक्ने गरि शव्द संयोजन गरिएको छ ।

भेटे माया मोहनि मन्तर
छुटेमाया कुना र कन्तरा ।।
खेतमा बोकेझार
भेट नहुदाँ कहाँ हो कहाँ भेटे लोकेचार मया सलल।।।।
मेरो देउता बाटैमै भेटियो
मन्दिर जाने तिर्सना मेटियो।।
खेतमा बोकेझार
तिर्खा भेटन आफै मुल धाए झै
तिमी आउदाँ लाउछ चाड आए झै।।खेतमा बोकेझार

कृष्ण बिकले म्युजिक एरेञ्ज गरेको गीतको म्युजिक भिडियोमा सुनिल क्षत्री, रक्षा श्रेष्ठ, श्रीकृष्णबम मल्लको अभिनय छ । सुनिल क्षत्रीको कोरियाग्राफी एवम् निर्देशन रहेको भिडियाको सम्पादन विकास ज्ञवालीले गरेका छन् । गीतको भिडियो लिंक तल छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *