ढोरपाटन नगरद्वारा सामाजिक सुरक्षा भत्ता वितरण, बोबाङमा स्थानीयको भिड

डम्मर बुढा मगर, बागलुङ
ढोरपाटन नगरपालिकाको तीन वटा वडामा लकडाउनको अवज्ञा गर्दै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

नगरपालिकाको वडा नम्बर ९ मा गत चैत ३० गते, वडा नम्बर ८ मा १ गते र ७ मा २ गतेदेखि जारी रहेको स्थानीय कुशल विश्वकर्माले जानकारी दिनुभयो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोक्नको लागि गत चैत ११ गतेदेखि देश लकडाउन गरेको छ ।

वडाले लकडाउनको उल्लङ्घन हुने गरि मान्छे जम्मा गरेर भत्ता वितरण गरिरहेको विश्वकर्माले बताउनुभयो । वडाहरुमा जनप्रतिनिधि तथा कर्माचरीहरुले २÷३ बढी नागरिकहरुलाई जम्मा गरेर भत्ता वितरण गरिरहेको उहाँको भनाई छ ।

लकडाउनको सुरुको चरणमा केही प्रभावकारी जस्तो देखिए पनि चैत्र २० गतेदेखि लकडाउन खुल्ला जस्तै भएको स्थानीयको भनाई छ ।

‘जनप्रतिनिधिको एकलौटि भएको छ, अरुको कुरै सुन्दैनन्,’ विश्वकर्माले भन्नुभयो ‘३/४ सय मान्छे जम्मा गरेर भिडभाड भएको अवस्था छ, अझ एउटा वडाको नागरिकहरुलाई अर्को वडामा लगेर दुख दिने काम भएको छ ।’

नगरपालिकाको नियर्ण अनुसार सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा नम्बर ८ का वडा अध्यक्ष नन्दे सुनारले बताउनुभयो ।

आफूहरुलाई कुनै जानकारी नदिई नगरपालिकाबाट कर्मचारीहरु पुगेर भत्ता वितरणलाई तीव्रता दिएको उहाँको भनाई छ ।

‘लकडाउनमा त यस्तो गर्न नहुने हो, यो काम कानुन विपरित नै हो,’ अध्यक्ष सुनारले भन्नुभयो ‘कि भने हामीलाई बोलाएर नगरपालिकाले बाढ्ने कि वडाले बाढ्ने भन्ने विषयमा बैठक भएको भए त्यो अनुसार व्यवस्थापन गरेर गर्न सकिन्थ्यो, त्यसो भएन त्यसले गर्दा भिडभाड बढी भयो ।’

ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले लकडाउनको कारण गरिबहरु समस्यामा परेको हुँदा सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको बताउनुभयो ।

उहाँले सामाजिक दूरी कायम गरि सुरक्षा भत्ता वितरण गर्न थालेको भन्दै हावाहुरी र वर्षाले गर्दा मानिसहरुको भिड भएको बताउनुभयो ।

नगरपालिकाले अन्य वडाहरुमा व्यवस्थित तरिकाले भत्ता वितरण गर्ने उहाँको भनाई छ ।
‘लकडाउनले गर्दा धेरै नागरिकहरु यतिबेला भोकै बस्नुपर्ने अवस्था आएको छ, उनीहरु धेरै समस्यामा परेका छन्,’ नगर प्रमुख नेपालीले भन्नुभयो ‘उनीहरुको समस्यामा समाजिक सुरक्षा भत्ताले केही राहत पु¥याउने भएकाले वितरण सुरु गरेका हौँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *