सम्पादकीय
आलोचनाबाट बच्ने उपाय हो–‘केही नगर्नु, केही नभन्नु र केही नबन्नु ।’ एरिसटोटलका भनाईमा धेरै हद सम्म सहमत हुन सकिन्छ । किनकी, अहिलेको समाज कसैले राम्रो गरेको देख्दा पनि टाउको दुखाउने पात्र र प्रवृत्तिले ग्रस्त समाज हो । नराम्रोलाई कसरी राम्रो बनाउने भन्दा राम्रोलाई पनि कसरी नराम्रो बनाउन सकिन्छ ? या राम्रोमा मात्रात्मक रुपमा कमजोरी भए पनि त्यसलाई कसरी नराम्रो बनाउन सकिन्छ भनेर चरम खोजी गर्ने प्रवृत्ति व्याप्त छ । यसो भन्दैमा केही गर्दा, केही भन्दा र केही बन्दा बिवेक, आवश्यक तौरतरिका भने जरुर मिलाउनु आवश्यक छ । आँफुले मिलाउने पर्ने बिषय, बिवाद, तरिका, सँस्कार नमिलाउने तर आलोचना भयो भन्न मात्रै थाल्यौ भने त्यो अतिशयोक्ति हुन्छ । हाँस्यास्पद हुन्छ ।
तपाईहरुलाई सम्झना हुनुपर्छ । नेपाल सरकारका तत्कालिन कानुनमन्त्री शेरवहादुर तामाङ शब्दकै कारण मन्त्रीबाट बर्खास्त हुनुप¥यो । तामाङले बंगलादेश अध्ययन गर्न गएका युवतिहरु बेश्यावृत्ति गर्छन्, त्यहाँ त्यसरी दमन गरिन्छ भनेर भाषण गरे । मन्त्रीले भनेका थिए–‘बंगलादेशमा हाम्रा छोरीहरु डाक्टर पढ्न जानुहुन्छ भने डाक्टरको सर्टिफिकेट लिनका लागि मैले सुनेको छु, कही त कही आँफुलाई बेच्नैपर्छ ।’ यसमा आंशिक तथ्यहरु पनि थिए होलान् तर, जुन समय, पद र मञ्चबाट उनले भाषण गरे त्यो शोभनीय थिएन । फल स्वरुप अप्रिय निर्णयको भागिदार बन्नुप¥यो । जिल्लाकै बिषयमा हेरौ न । यसै साता नेकपाले बागलुङको मालिकामा जनतासँग जनप्रतिनिधि कार्यक्रम ग¥यो । पार्टीको कार्यक्रमको पत्र वडा कार्यालयको लेटर प्याडमा पठाए पछि चौतर्फी चर्चा र आलोचना भयो । यसमा शव्द चयनमा ख्याल गरेर वडाकै लेटर प्याडमा पत्र पठाउने भए नेकपा आयोजना नभनि जनप्रतिनिधि सँग अन्र्तक्रिया मात्रै भनेको भए पनि बिवादको बिषय गौण हुन सक्थ्यो । अर्को नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान जारी छ । त्यस बिषयमा काँंग्रेस सम्वद्ध बिद्यार्थी नेताले फेसबुकमा १५÷२० जना नेता कार्यकर्ता भएको तस्विर सहित ‘जनसागर’ भन्दै पोस्ट गरे । फरक दलका भएको भए कटाक्ष होला भन्न सकिन्थ्यो । नेता नै भएका हिसावले यो शव्दगत त्रुटी हो भन्न सकिन्छ । जसका कारण स्टाटस र तस्विर तल पुरै व्यंग्य र नकरात्मक टिप्पणी मात्र खेप्नुपर्यो । शव्दको सही र शिष्ट प्रयोग नहुँदा निशव्द अर्थात नाजवाफ बन्नुपर्यो भने ठुलो लज्जाको बिषय हुन्छ ।
शब्द, बोली र प्रस्तुति किन पनि महत्वपूर्ण छन् र हुन्छन् भने शव्दमा निशव्द बनाउने सामथ्र्य पनि हुन्छ । बोलीमा गोली जस्तो बल पनि हुन्छ । प्रस्तुतिमा आवेगलाई शालिनतामा रुपान्तरित गर्ने शैली पनि हुन्छ । यसले कहिलेकाही समय परिवेश अनुसार शव्द, भाषा, शैली र प्रस्तुति नमिलाउदा सामान्य बिषयमा अप्रिय निर्णय, घटना, परिघटना र बहिगर्मनबाट ठुला तनाव र सजाय पाउने अवस्था बिद्यमान हुन्छ । अहिलेको प्रविधिको तिव्रतर विकासको समयमा हामीले व्यक्त गर्ने शब्द, विचार, तस्विर क्षणभरमै बिश्वव्यापी बन्छ । त्यसले भाषा, शव्द, बोलीमा निकै सोचनीय र संवेदनशिल बनौ । शब्दलाई प्यार गरौं । शब्दले निशव्द होइन, जीवन बाँच्नुको अर्थबोध गराउन भुमिका खेल्नेछ ।