कोरोना संक्रमित ५ लाख बढी निको, १० देशमा कहाँ कति ?

एजेन्सी- कोरोना भाइरस संक्रमित ५ लाख ४० हजार उपचारपछि निको भएका छन्। सबैभन्दा धेरै संक्रमित निको हुने देशमा चीन पहिलो नम्वरमा छ। 

शुक्रवार बिहानसम्मको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकमा कोरोना संक्रमितको संख्या २१ लाख नाघ्दा निको हुनेको संख्या ५ लाख ४० हजार ५ सय ७५ पुगेको छ। 

त्यसमा सबैभन्दा धेरै चीनमा ७८ हजार ४ सय १ जना निको भएका छन्। निको हुने दोस्रोमा जर्मन छ। शुक्रवारसम्म जर्मनमा ७७ हजार जना निको भएका छन्। धेरै संक्रमित भएको देश अमेरिका उपचारपछि निको हुे सूचीमा भने तेस्रो छ अमेरिकामा ५३ हजार ६ सय ३९ जना संक्रमित उपचारपछि निको भएका छन्।

इरान निको हुनेको सूचीमा चौथो नम्बरमा छ। इरौनमा ५२ हजार २ सय २९ जना निको भइसकेका छन्। त्यसपछि छ इटली। इटलीमा ४० हजार १ सय ६४ जना घर फर्किए। फ्रान्समा ३३ हजार ३ सय २७ जना उपचारपछि निको भए। त्यसपछिको सूचीमा स्विजरल्यान्ड, ब्राजिल, क्यानडा र अष्ट्रिया छन्।

कोरोना संक्रमित निको हुने १० देश
-चीन : ७८४०१
-जर्मन :  ७७०००
-अमेरिका : ५३६२९
-इरान : ५२२२९
-इटली:  ४०१६४
-फ्रान्स: ३३३२७
-स्विजरल्यान्ड :१५९००
-ब्राजिल :१४०२६
-क्यानडा :९६८४
-अष्ट्रिया :८९८६

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *