संक्रमित परिवारका सदस्य भन्छन्ः-भगवान होइन,डाक्टर भरोसा !

साधना पन्त,बागलुङ

‘छोरीलाई कोरोना संक्रमण देखिएको १९ दिन पुग्यो । यो समय निकै लामो भएको महुशुस भइरहेको छ ।’ कोरोना संक्रमित बागलुङ कुडुलेकी १९ वर्षीया अंशु सापकोटाका बुवा ऋषिराम सापकोटा भन्नुहुन्छ, ‘आशा छ, यो कठिन समय छिट्टै पार लाग्ने छ । दैनिक भिडियोमा हेरेर कुरा हुन्छ । उनलाई सुधार हुदैछ तर आफ्नै हातले तातोपानी खुवाउन नपाउनुको पीडा छुट्टै हुने रहेछ ।

बा, आमा र आँफु संगै होम क्वारेन्टिनमा रहे पनि संक्रमित छोरी धौलागिरी अस्पतालको आइशोलेशनमा उपचाररत छिन् । ‘यो समयमा भगवान र डाक्टरको बाहेक आफ्ना र आफन्तको पनि भौतिक साथ नमिल्दो रहेछ ।’ सापकोटा भन्नुहुन्छ–‘आफन्तले दैनिक फोन गर्छन्, सम्झाउछन् नआत्तिन भन्छन्, धौलागिरी अञ्चल अस्पतालका डाक्टरहरुको पनि दैनिक फोन आउछ, उहाँहरुले पनि छोरीलाई सुधार भएको भन्नुहुन्छ । यो समय हाम्रा लागि भगवान स्वरुपका डाक्टरहरुको भरोसामा वितिरहेको छ ।’

‘साँच्चै फेसबुक, फोन नहुँदो हो त दिन कसरी कटाउथे होला जस्तो लाग्छ,’ अंशुले भन्नुभयो ं‘मलाई विरामी छु जस्तो लाग्दैन, ज्वरो पनि आएको छैन, रुघा खोकी पनि लागेको छैन ।’ ‘घरबाट फोन रिचार्ज गर्दिनु हुन्छ, डाटा लिएर फेसबुक चलाउँछु’ अंशुले भनिन् ‘ढोका बाहिरबाट नर्सहरुले दिनभर कुरा गर्नुहुन्छ, एउटै कोठामा छैनौ भन्ने मात्र हो तर एक्लोपनको महशुस भएको छैन ।’ परिवार, आफन्त इष्टमित्रको महत्व यस्तै बेला थाहा हुने अनुभव सँगालेको उहाको भनाई छ । अंशुले भन्नुभयो– ‘यस्तो रोग लाग्ला आफन्त संग डराउनु पर्ला कसलाई थाहा थिया र ?’ इन्टरनेटको माध्यमले विश्वभरी कोरोनाले फैलाएको कहर अंशुले अस्पतालको कोठाबाटै थाहा पाउनुभएको छ । तर समाचारमा कोरोनाका विरामीका लक्षणहरु आफुसंग नमिल्दा भने उहाँलाई अचम्म लागेको छ । मेरो कारणले परिवार, समाज र मेरो देशलालाई कोरोनाको प्रभाव नपरोस् भन्ने कामनाका साथ बसिरहेको अशं बताउनुहुन्छ । ‘म आइशोलेशनमा बस्दा, मेरो परिवार, मेरो समाज सुरक्षित हुन्छ भने किन नबस्ने ? अंशु बेल्जियममा रहेकी आफ्नी आमा र भाइलाई भेटेर चैत ४ गते नेपाल फर्कनुभएको थियो । बेल्जियममा अंशुको आमा र भाइलाई कोरोना संक्रमण भएको छैन । यहाँ उनका बाबा, हजुरबा र हजुरआमालाई पनि स्वाब परीक्षणमा संक्रमण नभएको रिपोर्ट आएको छ । त्यसैले आफुलाई यात्राका क्रममा विमानमै कोरोना संक्रमण भएको हुनसक्ने अशुंको आंशका र अनुमान छ ।

अंशु संगै बेल्जियमबाट फर्किनुभएएकी बागलुङ गौडाकोटकी ६५ वर्षीया महिलालाई पनि कोरोना संक्रमण भएको छ । उहाँको पनि धौलागिरी अञ्चल अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ । दम र प्रेसरको विरामी समेत समस्या रहेका ती महिलाको तेस्रो स्वाब परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ । अब तत्काल गरीने चौथो परीक्षणमा पनि रिपोर्ट नेगेटिभ आए अस्पतालबाट निको भएको ठहर सहित डिस्चार्ज हुनेछिन् । कोरोना संक्रमतिहरुलाई खानपानको व्यवस्था अस्पतालले आफै गर्दै आएको छ । संक्रमित महिलाका जेठा छोराले अवस्थाको गम्र्भियतालाई हेरेर आमालाई एक्लै छोड्नु परेको बताउनुहुन्छ । ‘सामान्य ज्वरो आउदा आमाले सबै आफ्नै वरिपरी बसुन् जस्तै गर्नुहुन्थ्यो,’ उहाँले भन्नुभयो,‘ अहिले विश्वमै आंतक फैलिएको कोरोनाको संक्रमण हुदा पनि आमासँग बस्न नपाउदा दुःख लागेपनि छिट्टै सञ्चो हुन्छ भन्नेमा विश्वस्त छौ ।’

छिमेकी, छोराछोरी र नाती नातीनी सँग फोनमा कुरा गरेर दिन विताउने गरेको संक्रमित महिला बताउँछिन् । ‘दम र प्रेसरको औषधी खान्छु, अहिले सम्म कोरोनाको भनेर औषधी खाएको छैन’, उनले भनिन् ‘रिपोर्टमा कोरोना भएको देखाएछ, मलाई अहिले सम्म केहि भएको छैन ।’ परिवारसंग बस्न नपाउदा न्यास्रो लागे पनि डाक्टर, नर्सले यस्तो बेला सबैसँग बस्दा अरुलाई पनि सर्छ भनेकाले एक्लै बसेको र छिट्टै रोग जितेर घर फर्किने उहाँको बिश्वास छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *