काठेखोलाकाे कोरोना रोकथाम कोषमा २७ लाख जम्मा

आदर्श अनलाईन, बागलुङ
काठेखोला गाउँपालिकाले कोरोना रोकथाम तथा व्यवस्थापनको लागि स्थापना गरेको कोषमा सहयोग गर्ने दाताहरु बढी रहेका छन् ।

गाउँपालिकाले १० लाख र गण्डकी प्रदेशको ५ लाख गरि १५ लाख रुपैयाँबाट स्थापना भएको कोषमा हाल २७ लाख ४६ हजार ९ सय ११ जम्मा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले जानकारी दिनुभयो ।

गाउँपालिकाले स्थापना गरेको कोषमा विभिन्न संस्था तथा व्यक्तिहरुले सहयोग गर्दै आएको विकको भनाई छ । कोषबाट गाउँपालिकाले स्वास्थ्यकर्मीहरुको लागि आवश्यक उपकरण, औषधी व्यवस्थापन र राहत वितरण गरिने विकले जानकारी दिनुभयो ।

‘गाउँपालिकाले स्थापना गरेको कोषमा धेरै संघ/संस्थाहरुले उत्साहजक रुपमा सहयोग गरि रहनुभएको छ,’ उहाँले भन्नुभयो ‘कोषबाट हामीले एउटा मापदण्ड बनाएर राहत वितरण, स्वास्थ्य उपकरण व्यवस्थापनमा लगाउने निर्णय गरेका छौँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *