धौलागिरी अब उप–प्रादेशिक अस्पताल, के–के हुने छ थप सेवा ?

डम्मर बुढा मगर, बागलुङ ।
धौलागिरी अञ्चल अस्पताल अब धौलागिरी उप–प्रादेशिक अस्पतालमा रुपान्तरण हुने भएको छ ।

यससँगै गण्डकी प्रदेशको पहिलो उप–प्रादेशिक अस्पतालको रुपमा धौलागिरी अञ्चल अस्पताल हुने भएको हो ।

गण्डकी प्रादेशिक अस्पताल पोखरा पछिको ठुलो अस्पताल बागलुङमा हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिनुभयो ।

अस्पताल व्यवस्थापनको ठूलो प्रयास र केन्द्रीय तथा प्रदेश सांसदहरुको पहलमा अञ्चल अस्पताल उप–प्रादेशिक अस्पतालको रुपमा विकास हुन थालेको अध्यक्ष राना मगरले बताउनुभयो ।
उहाँले केही दिन अगाडी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसँगको छलफलपछि अञ्चल अस्पताललाई उप–प्रादेशिक अस्पताल बनाउने निर्णय भएको बताउनुभयो ।

उहाँको अनुसार केही दिनै मै धौलागिरी अञ्चल अस्पतालको नाम गरिवर्तन गरेर धौलागिरी उप–प्रादेशिक अस्पताल हुने भएको छ ।

उप–प्रादेशिक अस्पतालको लागि मापडण्द अनुसार भवन निर्माण, वेड क्षमता, डाक्टरको संख्या वृद्धि गर्ने लगायतका काम भईरहेको उहाँको भनाई छ ।

‘यसको मापडण्ड भनेको अब वेड क्षमता बड्ने छ, डाक्टहरुको संख्या बृद्धि हुने छ,’ उहाँले भन्नुभयो ‘धौलागिरी क्षेत्रको जनातासँग अन्य ठाउँबाट पनि बिरामीहरु आउने छन् ।’

हाल अस्पतालमा आइसियु जनडानको काम तीव्र गतिमा भइरहेको छ । उप–प्रादेशिक अस्पताल भई सकेपछि साबिक धौलागिरी अञ्चलाका ४ जिल्लाका नागरिकलाई स्वास्थोपचारमा सहजता हुने छ ।

यो पनि पढ्नुहोस्

धौलागिरी अब उप–प्रादेशिक अस्पताल, के–के हुने छ थप सेवा ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *