कोरोनालाई जितेर घर फर्किन् बागलुङकी ६५ वर्षीया वृद्ध

डम्मर बुढा मगर, बागलुङ
बागलुङकी ६५ वर्षीया कोरोना संक्रमित महिलाको तेस्रो र चौथो पटकको स्वाब परिक्षणमा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएपछि शनिबार हस्पिटलबाट डिस्चार्ज गरिएको छ ।

चैत ४ गते बेल्जियमबाट कतार हुदै बागलुङ आएकी महिलालाई चैत १७ गते कोरोना संक्रमण भएको पुष्टी भएको थियो ।

कोरोना संक्रमण भएको पुष्टी भएपछि धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसुलेशन वार्डमा उपचार गराउँदै आएकी महिलाको शनिबार साँझ डिस्चार्ज गरी घर पठाइएको छ ।

उनलाई दुई हप्तासम्म होम क्वारेन्टाइमै बस्न लगागइएको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र वि पोखरेलले जानकारी दिनुभयो ।

डिस्चार्ज भएपछि अस्पताल बाहिर निस्कँदै ति महिलाले रोगलाई जित्ने आत्मबल बढाएको भन्दै आफ्नो डाक्टरहरुले राम्रो ख्याल गरेको बताईन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *