राष्ट्रिय युवा संघ बागलुङद्वारा फुड बैंकलाई १० बोरा चामाल

साधना पन्त, बागलुङ ।
कोभिड १९ (कोरोना भाइरस) रोकथाम तथा व्यवस्थापनको लागि चैत ११ गतेबाट लकडाउन भएसंग खाद्यन्न अभाव भएकाहलाई सहयोग गर्नको लागि राष्ट्रिय युवा संघ बागलुङले फुड बैंक बागलुङलाई १० बोरा चामाल हस्तान्तरण गरेको छ ।

दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेहरुको लागि अभाव नहोस भनेर राष्ट्रिय युवा संघ बागलुङका सदस्यहरुले आर्थिक संकलन अभियान सञ्चालन गरेर फुड बैंकलाई सहयोग गरेको संघका संयोजक रेशम घर्तीले जानकारी दिनुभयो ।

देशमा परेको संकट समाधानको लागि सरकार संगै सरकारी गैरसरकारी संघ संस्थाले गरेका हरेक गतिविधीमा सहयोग रहने भन्दै सहयोग गरेको घर्तीले बताउनुभयो ।

बागलुङ नगरपालिकाले सञ्चालन गरेको फुड बैंकमा युवाहरु सक्रिय भएर फुड बैंकमा सहयोग गरेकोमा खुशि व्यत गर्दै नगरपालिकाले सञ्चालन गरेको फुड बैंकमा सवैले सहयोग गर्न बागलुङ नगरपालिकाका बरिष्ठ योजना अधिकृत युक्त सुवेदीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *