गुल्मीमा आगलागी,बरेङका वडा अध्यक्षका छोराको गयो ज्यान

आदर्श अनलाईन, बागलुङ

गुल्मीको शान्तिपुरमा आज दिउँसो आगलागी हुँदा बागलुङको बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौरका वडा अध्यक्ष पूर्ण खनालका कान्छा छोराको मृत्यु भएको छ ।

गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुरको बसपार्कमा रहेको वडाध्यक्ष खनालको घरमा सोमवार दिउसो आगलागी भएको हो ।

शान्तिपुर बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चालक पूर्ण खनालका छोरा १५ वर्षीय समिर खनालको मृत्यु भएको हो । आगलागीमा परेर एकै परिवारका तीन जना घाइते भएको चन्द्रकोट प्रहरी चौकीका इन्चार्ज रामप्रसाद धबलले बताए ।

आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीले पसलको सबै सामग्री जलेर नष्ट भएको छ । घरबाटै डिजल, पेट्रोलसमेत विक्री गर्दै आएकाले तत्काल आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *