गलकोटका आमा छोराकाे रिपाेर्ट नेगेटिभ

डम्मर बुढा मगर, बागलुङ
गलकोटका आमाछोरामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

भारतबाट आएका गलकोट नगरपालिका–४ का आमाछोरा मध्ये आमालाई ज्वरो र निमोनिया देखिएकाले दुवैको स्वाब संकलन गरिएको परीक्षण गर्न पठाइएको थियो ।

आइतबार स्वाब संकलन गरी पोखरा पठाइएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जनाकारी दिनुभयो ।

पछिल्लो समय भारतबाट आएकोमा बढि संक्रमण देखिएकाले शकांस्पद हिसाबले स्वाब संकलन गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *