किसानको आशामा बर्षियो असिना : काठेखोलामा अन्नबालीमा ठुलो क्षति

काठेखोला गाउँपालिका-३ धम्जा माझकटेरामा परेको असिना र क्षति । तस्बिरः सावित्री खड्का

आदर्श अनलाइन, काठेखोला

जिल्लाको काँठखोला गाउँपालिका वडा नम्बर २ भिमापोखरा र वडा नम्बर ३ धम्जामा सोमबार दिउँसो भीषण रुपमा परेको असिना पानीले अन्नबालीमा ठुलो क्षति पुर्याएको छ ।

दिउँसो २ बजेदेखि परेको असिना पानीले पाकेको अन्नबाली र तरकारी बाली पूर्ण रुपमा नष्ट बनाएको काठेखोला–३ धम्जाकी सावित्री खड्काले आदर्श अनलाइनलाई जानकारी दिए ।

भीमापोखराको सिम, डोहेरी र काठेखोला–३ धम्जाको माझकटेरा, हिलेगाउँ र दुवारा लगायतका स्थानमा ठूलो असिना परेको थियो । असिनाले कृषकको खेतबारीमा पाकेको अन्नबाली गहुँ, जौ, उवा र तरकारी बाली पूर्ण रुपमा नष्ट भएको खड्काले बताइन् । असिनाले स्थानीय बाली पुर्याएको क्षतिको एकिन बिवरण भने संकलन हुन बाँकी रहेको वडा कार्यालयले जनाएको छ । काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जा माझकटेरामा परेको असिना र त्यसले पुर्याएको क्षति । तस्बिरः सावित्री खड्का:

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *